देउमाई । इलामको देउमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ ।
देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको सामान्य घरायसी विवादका कारण हत्या भएको हो ।
सामान्य घरायसी विवादका विषयलाई लिएर आज बिहान साढे ५ बजे श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ ।