शिवसताक्षीमा पानीमा डुबेर बालकको मृत्यु - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शिवसताक्षीमा पानीमा डुबेर बालकको मृत्यु

झापा । नहरको पानीमा डुबेर झापाको शिवसताक्षी नगरपालिका–२ हिमालीका एक बालकको मृत्यु भएको छ ।

मंगलवार दिउँसो पौने ३ बजेको समयमा घर देखि ५ सय मिटरको दुरीमा रहेको नहरमा पौडी खेल्ने क्रममा बिष्णु कार्कीको ११ बर्षीय छोरा बिबेक कार्कीको अचानक पानीमा डुबी मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार पौडी खेल्ने क्रममा पानीमा डुबी घाइते भएका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

सम्बन्धित खवर