झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गएराति भएको मोटरसाइकल दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ ।
गए राति ८ः३० बजे झापाको दमकवाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिवसताक्षी–१ स्थित धरमपुरमा पर्ने कमलखोला सडकखण्डमा उनी सवार मोटरसाइकल दुर्घटना भएको हो ।
लाइभकेयर फर्मास्युटिकलका प्रबन्धक समेत रहेका मे ३ प ९८९६ नंको मोटरसाइकलमा सवार झिलझिले निवासी ढकाल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ ।
यसैैगरी शनिबार साँझ झापाकै बुद्धशान्ति गाउँपालिका–३ स्थित धाइजन चोकमा मे १ च ५३९६ नंको पिकअप भ्यानलाई विपरीत दिशाबाट आउँदै गरेको मे २ प ६९८४ नंको मोटरसाइकलले ठक्कर दिंदा मोटरसाइकलमा सवार अर्जुनधाराका ५० वर्षीय छत्रबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।