स्वर्णिम साहित्य समाजको आफ्नै पोषाक सार्वजनिक - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्वर्णिम साहित्य समाजको आफ्नै पोषाक सार्वजनिक

मोरङ /धनकुटा र मोरङको सिमानामा अवस्थित स्वर्णिम साहित्य समाजले आफ्नै पोशाक सार्वजनिक गरेको छ ।

उत्तरवर्ती सोचका अभियान्ता कवी राज माङ्लाकको आतिथ्यमा साहित्य बाचनसंगै स्वर्णिम साहित्य समाजले आफ्नै टि सर्ट सार्वजनिक गरेको हो ।

टि सर्ट सार्वजनिक गरेसंगै अब स्वर्णिम साहित्य समाजले कार्यक्रममा टि–सर्ट सहित प्रस्तुत हुने आयोजकले बताएको छ । एक्सट्रीम नेपाल प्याराग्लाईडिङ प्रा.लि.ले टि सर्ट निर्माण सौजन्य गरेको हो ।

कार्यक्रममा कवि माङ्लाकले कविता संगै समकालिन कविताको ट्रेण्डबारे बोले । लिम्बु जनजीवनको बिम्ब मिथकहरुले सज्जित मुन्धुमी चेतनालाई कवि माङ्लाकले कवितामा ग्राह्यता दिएका छन । परम्परागत पथ छाडेर कवितामा विनिर्माण पथमा लम्किएका माङ्लाकको ‘पसिनाका सुगन्ध’ कविताले निकैको मन छोएको थियो ।

कवि नवराज विस्टले ‘गाउँ’ कविता मार्फत गाउँ र शहर बिचको युवामा देखिएको मनोवैज्ञानिक विभेद र यथार्थ बारे पस्किए । ‘भानुचौकमा उभिएको यलम्बर’ मार्फत ऐतिहासिक पुनर व्याख्या अपेक्षित रहेको बताए । जुन कविता सबैको मनमा गढे ।

त्यस्तै कार्यक्रममा उधौलिको शुभकामना सहित सानी कवि प्रकृति दिप्साली राईले आफ्नो रचना प्रस्तुत गरिन ।
“सुम्निमा पारुहाङ पुजेर
साकेला थानमा घुमेर
मान्छौ हामी साकेला
शुभकामना सबैमा यो बेला।“

त्यस पछि अर्का बाल कवि ईसा खड्काले देश प्रेमको कविता सुनाईन । अनि सुरु भो बराहक्षेत्र नगरपालिका भित्रका स्थानीय रचना वाचन । बुधबार उधौली चासोक, तङ्नाम, तुसु, यमरी पर्वको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा बराहक्षेत्रका स्थानीय सर्जकहरुले दर्जन बढी समसामयिक कविता सुनाए ।

स्थानिय कविता र सिर्जना माथी कवि देवान किरातीले टिप्पणी गर्दै लेखनमा निरन्तरतालाई प्रोत्साहन दिए । लेखी सके पछि कविताको कम्जोरी र कविताका मुद्दा माथी छलफल सुरु हुने बताए । उनले थपे “पुस्ता हस्तान्तरण संगै कविता लेखनमा ठुलो संरचनागत भिन्नता देखिएको छ । कवि किरातीले भनेः– बाउ पुस्ताहरुले कवितालाई हामीमा देख्दैन उनिहरुले, तर पनि तिमीहरुको कवितै हो भनिदिन्छन् । पछिल्लो पुस्ताले जथाभावी लेख्दै कविता भनिदिए । सम्पादन तमसुक जस्तै हुनु पर्छ भने । “त्यो संरचनागत अनुशासन भएन । बराहक्षेत्रका सर्जकहरु अच्युत भट्टराई, रामजी दुर्गम, छविना मगर, लक्ष्मण कट्वाल, रोहित भट्टराई, सरोज थापा, सविता लिम्बु, छविलाल चौधरी, शारदा निरौला, ज्ञानु राई लगायतले सिर्जना सुनाए ।

“आधा बाटोमै रोकेर कसैले पिठ्युँमा धाप,लगाई दियो।
छड्के आखा जुधाएर दिलमा एउटा छाप,लगाई दियो।“
रचना बाचन गर्ने क्रमना अच्युत भट्टराईको सो गजलले वाहवाहि पाए । विषम परिस्थितिका बावजुद पनि कार्यक्रमलाई पुनर्जागरणका दृष्टीले हेर्नु पर्ने बराहक्षेत्र–३, का वडाध्यक्ष रुद्र बहादुर दाहालले बताए ।

भरौललाई साहित्यिक माहोल बनाई राख्न सहयोग गर्नेे प्रतिबद्धता वडाध्यक्ष दाहालले व्यक्त गरे । टि–सर्ट प्रायोजन एक्सट्रीम नेपाल प्याराग्लाईडिङ प्रा.लि.लाई स्वर्णिम साहित्य समाजका अध्यक्ष कवि प्रकाश दिप्सालीले धन्यवाद दिए ।

 

सम्बन्धित खवर