दमकको भुटानी शरणार्थी क्याम्पमा आगलागी हुदां एक जनाको जलेर मृत्यु - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकको भुटानी शरणार्थी क्याम्पमा आगलागी हुदां एक जनाको जलेर मृत्यु

दमक । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एकजनाको जलेर मृत्यु भएको छ ।

दमक नगरपालिका–३ स्थित भुटानी शरणाथी शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो ।

सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगलागी हुदां बाँसले बारेको एक तले घरमा सुतिरहेका अवस्थामा प्यारालाइसिसका बिरामी राईको जलेर मृत्यु भएको हो ।

दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख रुपैयाँ बराबरको सुनचाँदी, आठ लाख रुपैयाँ बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीको कारण भने खुलेको छैन ।

सम्बन्धित खवर