अब कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागु हुने - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अब कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागु हुने

काठमाडौं । अब कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागु हुने भएको छ ।

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै यसअघि सर्वोच्च अदालतमा दायर भएको रिटनै सर्वोच्च अदालतले खारेज गरेपछि नयाँ पाठ्यक्रम लागु हुने भएको हो ।

सरकारले २०७६ सालको फागुनमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयमाथि सर्वोच्चमा रिट परेको थियो । रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सर्वोच्चले पटक–पटक सुनुवाइ सार्दै आएको थियो ।

सम्बन्धित खवर