वडाध्यक्ष लावतीलाई कुरुम्बेली समाजको आर्थिक सहयोग - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वडाध्यक्ष लावतीलाई कुरुम्बेली समाजको आर्थिक सहयोग

दमक । मोटरसाईकल दुर्घटनामा घाइते भई उपचार गराईरहेका चुलाचुली १ नम्बर वडाका वडाध्यक्ष पूर्णकुमार लावती (धु्रव) लाई कुरुम्बेली समाज सेवा संघले आर्थिक सहयोग प्रदान गरेको छ ।

आज (सोमबार) कुरुम्बाबाट दमकमा बसाईसरी आएकाहरुले स्थापना गरेको कुरुम्बेली समाज सेवा संघको सक्रियतामा १ लाख ५ हजार ५ सय ५ रुपैयाँ रकम घाइते लावतीलाई हस्तान्तरण गरेको हो ।

सोही रकम हस्तान्तरण कार्यक्रममा पापोहाङ् लावती सयङ् यूकेबाट यधुचन्द्र लावतीको सक्रियतामा आएको ६० हजार ७ सय ३५ रुपैयाँ समेत घाइते वडाध्यक्षलाई प्रदान गरिएको कुरुम्बेली समाजका अध्यक्ष ऐनमानसिं लावतीले बताए ।

घाइते वडाध्यक्षलाई सेवा संघको सक्रियतामा आज १ लाख ६६ हजार २ सय ४० रकम प्रदान गरिएको सचिव धिरेन लावतीले बताए ।

गत कार्तिक ९ गते साँझ घर जाने क्रममा उनी मोटरसाईकल दुर्घटनामा परेका थिए । उनको टाउको पछाडिको नसामा समस्या भई हाल दमकको एक फिजियोथेरापीमा थप उपचार भईरहेको छ ।

यसैक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चबाट १ मात्र वडाध्यक्ष निर्वाचित लावतीको उपचारमा मञ्चले चासो देखाएको छ ।

हालै दमकमा बसेको मञ्चको बैठकले उपाध्यक्ष देउकुमार निङलेखुको संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन समिति गठन गरेर सहयोग रकम उठाउन शुरु गरेको मञ्चले जनाएको छ ।

यसैगरि सोही कार्यक्रममा पक्षघात भई उपचाररत दमक ६ का मानबहादुर लावतीलाई समेत पापोहाङ लाओती सयङ् यूकेबाट प्राप्त भएको रकम ६० हजार ७ सय ३५ रुँपैया हस्तान्तरण गरिएको कुरुम्बेली समाज सेवा संघका सचिव धिरेन लावतीले वताए ।

सम्बन्धित खवर