इलामको माङसेबुङमा ट्याक्सी दुर्घटना हुदां ८ जना घाइते - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माङसेबुङमा ट्याक्सी दुर्घटना हुदां ८ जना घाइते

माङसेबुङ । फाल्गुनन्द मार्ग दमक चिसोपानी सडक अन्तर्गत इलामको माङसेबुङ ३ चतुरेमा ट्याक्सी दुर्घटनामा परेको छ ।

आज (बुधवार) दमक देखि गजुरमुखि जाँदै गरेको को १ ज ३२७४ नम्बरको ट्याक्सी मध्यान्हमा दुर्घटना हुदां ८ जना घाइते भएका छन् ।

चतुरे फोमी होटलदेखि ५ सय मिटर दक्षिणमा सो दुर्घटना भएको स्थानिय मान बहादुर बुढाथोकीले बताए ।

घाइते हुनेहरुमा ट्याक्सी चालक माङ्सेबुङ–१ का ५२ बर्षीय भक्ति प्रसाद लिम्बु, सोही वडाकि १५ बर्षकी एन्जिना लिम्बु, १७ बर्षकी समीक्षा लिम्बु, वडा नं. ३ की उमेर नखुलेकी सिर्जना लिम्बु, मिक्लाजुङ ४ मोरङकी सुमित्रा राई उनको ५ बर्षकी छोरी सेन्माङ राई र झापा शिवसताक्षीका १३ बर्षकी इक्सा लिम्बु रहेका छन् ।

अचानक ट्याक्सीमा ब्रेक फेल भई ब्रेक नलागेपछि नियन्त्रणमा लिन नसकेको हुँदा ट्याक्सी पल्टिएको चालक लिम्बुले बताएका छन् ।

चालक लिम्बुलाई टाउकोमा चोट लागेको छ । ट्याक्सी पल्टिएको हुँदा पूर्ण क्षति भएको अन्य यात्रुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

सम्बन्धित खवर