२३ औ सम्बाहाम्फे एकता दिवस सम्पन्न - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

२३ औ सम्बाहाम्फे एकता दिवस सम्पन्न

यासोक / कुम्मायक गाउँपालिकाको वडा न, ४ स्थित साविक रानिगाउँ–८, तिङ्देनको इवाटारमा बिहीबार २३ सौ ऐतिहासिक सम्बाहाम्फे एकता दिवस कार्यक्रम सम्पन्न भएको छ ।

कक्फेक्वा तङनामको अवसरमा सम्बाहाम्फे उत्थान संघका केन्द्रिय उपाध्यक्ष तारानाथ सम्बाहाम्फेको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

पुर्व सामान्य प्रशासन राज्य मन्त्री डम्बरसिं सम्बाहाम्फे प्रमुख संरक्षक रहेको उक्त स्थानमा स्थापित भएको सम्बाहाम्फे चोत्लुङ सस्थालाइ पृथ्वीबहादुर, मदनबहादुर, बिर्खबहादुर, छत्रबहादुर र कर्णबहादुर सम्बाहाम्फेले निशुल्क ८ रोपनी जग्गा प्रदान गरेका छन् ।

बंश भित्र रहेको बिक्रिति र विसङ्गतिलाइ हटाउने उद्देश्यले उक्त स्थानको इवाटार माङहिममा बाचा बन्धन गरि करिब ८ फिट लामो ढुंगा रोपिएको छ । हरेक बर्ष कक्फेवा तङ्नाम अर्थात माघे सक्रान्ति चाडको अबसर पारि मनाइने सो सम्बाहाम्फे एकता उत्सव कार्यक्रममा कन्या चेलीबेटीहरुबाट दियो बालि तरुल, रोटी, प्रसाद बाड्ने चलन रहेको छ ।

सो समारोहमा पुर्व राजपरिषद स्थायी समितिका सदस्य बमबहादुर सम्बाहाङ्फे, केन्द्रिय सदस्य प्रेम बहादुर सम्बाहाम्फे, वडा न, ४ का वडाध्यक्ष पुर्ण कुमार खड्का, वडा कार्यलयका सचिव जुना सेल्लिङ लिम्बु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस वंश भेलाले यसै क्षेत्रमा हरिप पार्क समेत निर्माण गरेर पर्यटकीय क्षेत्र बनाउने योजना तर्जुमा गरेको छ । सोही अवसरमा भलिबल खेल पनि खेलाइएको र उक्त खेलमा साबिक रानिगाउँ ४ का खेलाडीहरु पुरस्कृत भएका थिए ।

नौमति बाजा र ढोल नाच समेत प्रस्तुत भएको उक्त कार्यक्रम सम्बाहाम्फे उत्थान संघ क्षेत्रीय समितिका अध्यक्ष राजेश्वर सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सस्थाका सचिब लाल अन्जान सम्बाहाम्फेले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

 

 

सम्बन्धित खवर