माङसेबुङको पञ्चमीमा पत्रकारिता तालिम सुरु - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङको पञ्चमीमा पत्रकारिता तालिम सुरु

माङसेबुङ । माङसेबुङ गाउँपालिका वडा नं. ६ को आर्थिक सहयोग तथा हरप्रहर मिडिया प्रा.लि. इलामको आयोजनामा ७ दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ ।

माङसेबुङ गाउँपालिका वडा नं. ६ चिसोपानी पञ्चमीमा शुक्रबारदेखि तालिम सुरु भएको हो ।

माङसेबुङ गाउँपालिका वडा नं. ६ का अध्यक्ष प्रदिप साम्पाङ राईको प्रमुख आतिथ्यमा तालिमको सुरु भएको हो । अध्यक्ष साम्पाङले तालिमाको उदघाटन गर्दै अहिलेको समयमा सूचना सञ्चारको महत्व बढेर गएको हुनाले पत्रकारिता तालिमको लागि वडाले सहयोग गरेको बताए ।

माङसेबुङ ६ का तीन पुरुष सहित १० जना प्रशिक्षार्थी सहभागी रहेको तालिमलाई फोनिज सङ्घीय सचिव कमन देवान, यलम्बर टाइम्सका प्रकाशक/सम्पादक दिपिन राई, माङसेबुङ रेडियोका स्टेसन म्यानेजर सुमन लावती, सञ्चारकर्मी भूमिका फियाक लिम्बूले सहजीकरण गर्नेछन् ।

ग्रामिण पत्रकारितालाई उजागर गर्ने उद्देश्यले आर्थिक वर्ष २०७७/०७८ मा बिनियोजित बजेटबाट तालिम आयोजना गरिएको हरप्रहर मिडियाका कार्यकारी प्रमुख सुसन राईले जानकारी दिए ।

सम्बन्धित खवर