सयपत्री मिडियाद्धारा हेमबहादुरलाई सहयोग प्रदान - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सयपत्री मिडियाद्धारा हेमबहादुरलाई सहयोग प्रदान

दमक । सयपत्री मिडिया ग्रुप प्रवास–नेपालले खुटाका बिरामी  हेमबहादुर कुरुम्बाङलाई आर्थिक सहयोग गरेको छ ।

 

सेवा नै धर्म हो नाराका साथ सामाजिक सेवामा समर्पित सयपत्री ग्रुपले तेह्रथुम जिल्ला फेदाप गाउँपालिका वडा नं १, सिम्ले निवासी खुटा गंग्रिने रोगबाट ग्रसित हेमबहादुर कुरुम्बाङलाई ५० हजार ५२ रुपैयाँ सहयोग प्रदान गरेको हो ।

आर्थिक अवस्था नाजुक भएका कुरुम्बाङलाई सयपत्री मिडिया ग्रुप प्रवास–नेपाल मार्केटिङ प्रमुख निता पङ्धाक ‘निरासी’ लिम्बूको हातबाट ५० हजार ५२ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको सयपत्री मेडिया ग्रुपका सचिव सरिता राईले बताए । राईका अनुसार बिरामी कुरुम्बाङले बिराटनगर स्थित नोवेल हस्पिटलमा उपचार गराई रहेका छन् ।

 

गत मंसिर ८ गते सल्यक्रिया गरी कुरुम्बाङको अहिले हाडजोर्नि बिभागमा खुटा काटिएको अवस्थामा उपचार गराइरहेको छ ।

 

सम्बन्धित खवर