दमक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगनगाँठोमा बाँधिने भएका छन् ।
जीवनको उत्तरार्धमा २५ बर्ष कम उमेरकि ज्याङ्मु शेर्पासंग मुख्यमन्त्री राई लगनगाँठोमा बाँधिने भएका हुन् ।
आगामी माघ ११ गते सन् २०१८ की ‘मिस मंगोल नेपाल’ शेर्पासँग राई लगनगाँठो कस्ने मिति तय भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।
हाल काठमाडौंमा बस्दै आएकी सेर्पाको पुर्खौली घर संखुवासभा हो । उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन् ।
काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच राई र शेर्पाहको बिहे हुन लागेको हो ।