झापाको दमकमा दुर्घटना हुंदा अटो चालक सहित दुईको मृत्यु - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको दमकमा दुर्घटना हुंदा अटो चालक सहित दुईको मृत्यु

दमक । एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई झापाको दमक–४ ताराबारी स्थित राजमार्गमा दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

आज विहान ०९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १–०१–००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा अटो चालक उर्लबारी–४ का ५० बर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार सोही स्थानका ४९ बर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

साथै अटोमा सवार सुनसरी इनरुवा–७ का २४ बर्षीय सौजन मगर र दमक–४ का राजन सिलवाल समेत घाईते भएकोमा उनिहरुको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

एम्बुलेन्स र एम्बुलेन्स चालक दमक–४ का ५१ बर्षीय गणेश दंगाल ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन ।

सम्बन्धित खवर