इलामको माङसेबुङमा पत्रकारिता तालिम सम्पन्न - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माङसेबुङमा पत्रकारिता तालिम सम्पन्न

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा ६ मा सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

माङसेबुङ वडा नः ६ को आर्थिक सहयोग र हरप्रहर मिडिया प्रा.लि .इलामको आयोजनामा चिसोपानी पञ्चमीमा सात दिने तालिम सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रमका प्रमुख अथिति माङसेबुङ गाउँपालिका वडा ६ का वडासदस्य राम चन्द्र राईले प्रशिक्षार्थीहरुलाई शुभकामना दिँदै समाजमा भएको बेथिति, विसङ्गतीहरुको बिरुद्ध लेख्न साथै सधै सत्यको पक्षमा कलम चलाउनमा जोड दिए ।

यसरीनै कार्यक्रममा चिसोपानी माविका शिक्षक सुदिप राईले तालिमलाई व्यवहारिक रूपमा उतार्न र पत्रकारिता पेशा निष्पक्ष हुनुपर्नेमा जोड दिएका थिए ।

यसैगरि माङसेबुङ वडा २ का वडासदस्य रमा लिम्बू राईले पत्रकारिताको सिद्धान्तलाई पूर्ण पालना गरेर अघि बढ्न शुभकामना व्यक्त गरिन् ।

माङसेबुङ ६ स्थित बाँझो स्वास्थ्य चौकीका प्रमुख दमन्ता धमलाले पनि पत्रकारितामा लाग्न र सत्य तथ्य समाचारहरु लेख्न प्रशिक्षार्थीहरुलाई प्रेरणा दिएकी थिइन् ।

कार्यक्रममा सहभागीहरूको तर्फबाट जगत राईले आफूहरु तालिमले समाचार लेखनमा अघि बढ्न आत्मविश्वास जागेको र आफू लागि पर्ने प्रतिबद्धता समेत रहेको जानकारी गराएका थिए ।

सात दिनसम्म सञ्चालन भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि राईले प्रमाण पत्र वितरण गरेका थिए ।

आयोजकले प्रशिक्षकहरुलाई र सहयोगी संघसंस्थाहरूलाई कदर पत्रले सम्मान गरेको थियो । भने प्रशिक्षार्थीहरूले प्रशिक्षकहरूलाई फूलको माला र मायाको चिनो प्रदान गरेका थिए ।

माघ २ बाट सुरु भएको तालिमले ग्रामिण पत्रकारितालाई उजागर गर्ने उद्देश्यले आर्थिक वर्ष २०७७/०७८ मा बिनियोजित बजेटबाट तालिम आयोजना गरिएको हरप्रहर मिडियाका कार्यकारी प्रमुख सुसन राईले जानकारी दिए ।

तालिमलाई फोनिज सङ्घीय सचिव कमन देवान, यलम्बर टाइम्सका प्रकाशक सम्पादक दिपिन राई, रेडियो माङसेबुङका स्टेसन म्यानेजर सुमन लावती, सञ्चारकर्मी भूमिका फियाक लिम्बूले सहजीकरण गरेका थियो ।

समापन कार्यक्रमको अध्यक्षता प्रा.लि का अध्यक्षता सुसिल कुमार राईले गरेका थिए भने कार्यक्रम संचालन भूमिका फियाकले गरेकि थिइन् ।

 

सम्बन्धित खवर