सरकारद्धरा जनगणना २०७८ का लागि ४७ हजार कर्मचारी माग - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारद्धरा जनगणना २०७८ का लागि ४७ हजार कर्मचारी माग

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक गरि ४७ हजार कर्मचारी माग गरेको छ ।

आइतबार केन्द्रीय तथ्याङ्क विभागले जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्नका लागि ६० दिनको म्यादसहित कर्मचारी माग गरेको हो ।

सरकारले गणकका लागि दश जोड दुई र सुपरिवेक्षकका लागि स्नातक तहको अध्ययन अनिवार्य गरेकाहरुका लागि दरखास्त आह्वान गरेको छ । तर, स्नातक तह सकेकाले सुपरिवेक्षकसँगै गणकमा पनि आवेदन दिन पाउनेछन् ।

यसरीनै आवेदन दिनका लागि १८ वर्ष पूरा भएर ४० वर्ष नकटेको व्यक्ति हुनुपर्ने विभागले जनाएको छ । महिलाको हकमा भने ४५ वर्ष नकटेका व्यक्तिले यहाँ गएर आवेदन दिन सक्नेछन् ।

सम्बन्धित खवर