पान्थरको कुम्मायकमा माङसेवासाबा पान्जुम्भोको संगठन विस्तार - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थरको कुम्मायकमा माङसेवासाबा पान्जुम्भोको संगठन विस्तार

पान्थर । किरात साम्यो माङसेवासाबा पान्जुम्भो पान्थरको कुम्मायक गाउँपालिका समिति गठन गरिएको छ ।

शनिबार किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय कोषाध्यक्ष प्रकाश सावादेनको उपस्थितीमा मुजोत्लुङ पान्जुम्भोको शाखा संगठनको रुपमा पान्थरको कुम्मायक गाउँपालिका स्तरीय माङसेवासाबाहरुको समिति गठन गरिएको हो ।

स्थानीय नेत्रबहादुर सम्बाङफेको अध्यक्षतामा सम्पन्न भेलाले भुवानसिं सम्बाङफेको अध्यक्षतामा नयाँ समिति गठन गरिएको केन्द्रीय कोषाध्यक्ष सावादेनले बताए ।

यसरी गठन भएको समितिमा उपाध्यक्ष चन्द्रबहादुर चेम्जोङ, हर्कबहादुर सेर्मा, सचिव नरेन्द्रबहादुर चेम्जोङ, सह सचिव सूर्यहाङ सेर्मा, कोषाध्यक्ष शान्तिला सम्बाङफे लाओती निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा मनकुमारी सेर्मा, सन्चरानी सेर्मा, पवित्रा सम्बाङफे फेउदिन, बुद्धि सम्बाङफे, कर्णबहादुर सम्बाङफे, खडगबहादुर सम्बाङफे, सोममाया लाओती लगायत चयन भएका छन् । सो समितिले नेत्रबहादुर सम्बाङफेको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको जनाइएको छ ।

सम्बन्धित खवर