धनकुटामा किरात धर्म लेखौं अभियान संगठन विस्तार - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धनकुटामा किरात धर्म लेखौं अभियान संगठन विस्तार

माङसेबुङ । राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौं अभियानलाई सशक्त र प्रभावकारी रुपमा सञ्चालन गर्न जिल्ला स्तरीय बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

धनकुटा नगरपालिका ७, भुपू सैनिक सभाहलमा मंगलबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा किरात धार्मिक संघ संस्था तथा सामाजिक संघ संगठनहरुका प्रतिनिधि र किरात धर्मावलम्बीहरुको संयुक्त भेलाले किरात धर्म लेखौं अभियान जिल्ला समन्वयन समिति समेत गठन गरेको छ ।

अभियानलाई राष्ट्रिय व्यापी सञ्चालन गर्न किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिले धनकुटामा संगठन विस्तार गर्ने क्रममा किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला कार्य समितिका अध्यक्ष पूर्ण खजुमको अध्यक्षतामा जिल्ला समन्वयन समिति गठन गरेको हो ।

यसरी गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिको जिल्ला समितिको उपाध्यक्ष भिममाया संयोक लिम्बू र सरकुमार राई, सचिव निर्मला ईवाहाङ, कोषाध्यक्ष युप्रेरणा याक्खा रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमश ः सञ्जय सन्तोषी राई, नरबहादुर माङयक, मोहन तुम्सा, गंगाहाङ तिगेला, डा. शुक्रबहादुर चेम्जोङ, दौलथमान माङयक, जयनारायण याक्खा, खडक साँबा रहेका छन् ।

त्यसैगरी सदस्यमै लक्ष्मी तुम्बापो, शिब चेम्जोङ, तिलकबहादुर तुम्सा, बुकबहादुर माङयाक, टेकवीर युङसा, हृदय थेगिम, पूर्ण चेम्जोङ, तारानन्द चेम्जोङ, लोकबहादुर मादेन, श्रीध्वोज सोदेम्बा, सुमित्रा राई, सुरेन्द्र राई, अष्टबहादुर राई, भक्तमान राई, जगत चेम्जोङ र प्रतिक्षा मादेन लगायत रहेका छन् ।

किरात धर्म सम्बद्ध संघ सस्था एवंम किरातजन्य सामाजिक संघ संस्थाहरुको संयुक्त भेलामा आयोजित बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा अतिथिहरु नेपाल आदिवासी जनजाति महासंघ धनकुटा जिल्ला अध्यक्ष सञ्जय सन्तोषी राई, किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य तथा प्रदेश सचिवालय सदस्य चन्द्रवीर नेम्वाङ, आठपहरिया समाज धनकुटा अध्यक्ष अष्टबहादुर आठपहरिया, किरात याक्थुङ चुम्लुङ धनकुटा अध्यक्ष कमलसिं तिगेला लगायत उपस्थित रहनु भएको थियो ।

आसन्न राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्न, गराउन संगठन विस्तार गर्ने क्रममा धनकुटामा समिति निर्माण गरिएको महासमितिको कार्यकारिणी समितिका सदस्य तथा सरकारी, गैरसरकारी तथा धार्मिक सञ्जाल समन्वयन विभाग संयोजक नन्दकुमार नेम्बाङले बताएको छ ।

यसरी गठन भएको जिल्ला समितिमा किरात धर्म तथा साहित्य उत्थान संघ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति, मातहत संस्थाहरु किरात साम्यो नालीफूङवा पान्जुम्भो, किरात साम्यो माङसेवासाबा पान्जुम्भो, किरात साम्यो थामेन्दीङमा पान्जुम्भो लगायत किरातजन्य संघ संगठनको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको महासमितिले जनाएको छ ।

पहिलो चरणको छलफल तथा अन्तरक्रिया कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान संघ नगर समिति धनकुटाका अध्यक्ष दुर्गाकुमारी चोङबाङको अध्यक्षतामा भएको थियो भने दोस्रो चरणको संगठन विस्तार कार्यक्रम अभियान महासमितिको कार्यकारिणी समितिका सदस्यद्धय नन्दकुमार नेम्बाङ र दीपक तिगेलाको रोहबरमा सम्पन्न गरिएको जनाईएको छ ।

 

सम्बन्धित खवर