- पदम सुखि सम्बाहाम्फे
कुम्मायक । पान्थरको कुम्मायकमा सम्बाहाम्फे चोत्लुङ हिम परिसरमा हरित पार्क निर्माण हुने भएको छ ।
कुम्मायक गाउपालिकाको वडा न, ४ स्थित तिङ्देनमा रहेको सम्बाहाम्फे चोत्लुङ हिम परिसर इवाटारमा संघिय सरकारको सहयोगमा हरित पार्क निर्माण हुने भएको छ ।
उक्त सम्बाहाङफे चोलुङ हिम परिसरको इवाटारमा सङ्घिय सरकार बाट २५ लाख रुपैयाँ बिनियोजन हुने बजेट द्वारा १० रोपनी क्षेत्रफल रहेकोे जग्गामा चोलुङ हरित पार्क निर्माण हुने वडाध्यक्ष पुर्ण खड्काले बताएका छन ।
वडाध्यक्ष खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले हरित पार्क निर्माणका लागि कुम्मायक गाउँपालिका स्थित वडा न, ३ का बिर्ख बहादुर सम्बाहाङफे, पुर्ण बहादुर सम्बाहाङफे यसैगरी वडा नं ४ बस्ने राज नाथ सम्बाहाङफे, छत्र बहादुर सम्बाहाङफे र लाल बहादुर सम्बाहाङ्फेले २ र २ रोपनीका दरले निशुल्क जग्गा दिने निर्णय भएको जनाइएको छ ।
तिङ्देन बजार देखी करिब १ किलोमिटरमा रहेको रमणीय स्थान इवाटार बाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने भएकोले यस स्थल वरिपरि आकर्षक पार्क निर्माण गरि पर्यटकीय क्षेत्र बनाउने उद्देश्य रहेको कुरा सर्बदलिय भेलाले निर्णय पारित गरेको जनाएको छ ।