सुनसरीमा किरात धर्म लेखौं अभियान संगठन विस्तार - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनसरीमा किरात धर्म लेखौं अभियान संगठन विस्तार

माङसेबुङ। आसन्न १२ औं राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौं अभियानलाई सशक्त र प्रभावकारी रुपमा सञ्चालन गर्न गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिको जिल्ला स्तरीय समिति सुनसरीमा गठन गरिएको छ ।

धरान उप महानगरपालिका १९, बालक चोकमा अवस्थित किरात युमा माङहिममा बुधबार आयोजना गरिएको भेलामा किरात धार्मिक संघ संस्था तथा सामाजिक संघ संगठनहरुका प्रतिनिधि र किरात धर्मावलम्बीहरुको भेलाले किरात धर्म लेखौं अभियान जिल्ला तदर्थ समिति गठन गरेको हो ।

अभियानलाई राष्ट्रिय व्यापी सञ्चालन गर्न किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिले जिल्लास्तरमा संगठन विस्तार गर्ने क्रममा किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष बुद्धिमान थाङदेनको अध्यक्षतामा जिल्ला तदर्थ समिति गठन गरेको हो ।

यसरी गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिको जिल्ला तदर्थ समितिको सचिवमा सुरेश खजुम पारघरी, कोषाध्यक्षमा गंगा थेगिम थक्लेहाङ चयन हुनु भएका छन् । भने, सदस्यहरुमा क्रमश ः कृष्ण खजुम, रनधोज वनेम, धनबहादुर वान्तावा राई, अर्जुन सिंगक, डाईमन मगर, भक्त येङदेन, कालेन्द्र लाओती, कृष्ण पन्धाक, कृतिमान साम्पाङ, सुम्निमा चाम्लिङ राई, कौशिला फियाक, दिपकला माङलाक लगायत रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्न, गराउन संगठन विस्तार गर्ने क्रममा सुनसरीमा पनि समिति निर्माण गरिएको महासमितिको कार्यकारिणी समितिका सदस्य तथा किरातजन्य जातीय संघ संगठन समन्वयन विभाग संयोजक डिबी लिङदमले बताएका छन् ।

यसरी गठन भएको जिल्ला समितिमा किरात धर्म तथा साहित्य उत्थान संघ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति, मातहत संस्थाहरु लगायत किरातजन्य संघ संगठनको प्रतिनिधित्व रहने गरी तदर्थ समिति गठन गरिएको महासमितिका सदस्य लिङदमको भनाई छ ।

अभियान महासमिति कार्यकारिणी समितिका सचिव ज्ञानु केदेम र कार्यकारिणी समितिका सदस्य डिबी लिङदमको उपस्थितीमा सम्पन्न भेला किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति सुनसरीका अध्यक्ष बुद्धिमान थाङदेनको अध्यक्षतामा भएको थियो ।

किरात धर्म सम्बद्ध संघ सस्था एवंम किरातजन्य जातीय संघ संस्थाहरुसँग समन्वयन गरी अभियान कार्यक्रम सञ्चालन गर्न संगठन विस्तार गरिएको महासमितिले जनाएको छ ।

सम्बन्धित खवर