माङसेबुङलाई माङहरुको बास स्थान बनाउनु पर्छ :– आत्मानन्द सेईङ - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङलाई माङहरुको बास स्थान बनाउनु पर्छ :– आत्मानन्द सेईङ

माङसेबुङ /किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ ले माङसेबुङलाई माङहरुको बास बनाउनु पर्ने कुरा बताउनु भएको छ ।

येहाङमुक कोक्मा ताम्भुङला ताङसेप चुम्भोको आयोजनामा शुक्रबार माङसेबुङ ५ अम्मदेन टोलमा आयोजित कार्यक्रममा गुरु आत्मानन्द लिङदेनले सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयोः ‘पशुपति, महाकाली लगायत विभिन्न ठाउँको माङहरु आएर बसेको देखेको छु । त्यसैले यो क्षेत्रलाई साच्चै माङहरुको बास स्थान बनाउनु पर्छ’ ।

माङहरुको बास स्थान बनाउने कुरालाई जोड दिदै उहाँले भन्नुभयो– रिङरोड माथीको सबै जग्गामा विभिन्न खालका बोटबिरुवा रोपेर हराभरा सुन्दर बनाउनु पर्छ । त्यहाँ विभिन्न किसिमका चराचुरुङ्गी आएर बस्छन् । खेल्दै, रमाउदै कराउँछन् । त्यसो हुँदा माङ पनि खुसी हुने र वातावरणीय पर्यावर पनि राम्रो हुने छ ।

 

किरातीहरुको चोत्लुङको रुपमा माङसेबुङलाई विकास गर्ने सपना भएको बताउदै गुरु आत्मानन्दले भन्नुभयो रिङरोड माथी ध्रुवताराको सिधा पर्ने गरी माङहिम निर्माण गर्ने सपना छ । माङहिममा जानलाई रिङरोडको चारै सुरमा लिफ्ट निर्माण गरी जाने बाटो बनाउने मन छ । यी कुराहरु निर्माण गर्न सके साच्चिकै रमणीय बन्ने र पर्यटकीय थलो बन्ने छ ।

माङसेबुङ गाउँपालिका वडा न. ५ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र कुमार राईले येहाङमुक कोक्मा ताम्भुङला ताङसेप चुम्भो महत्वपुर्ण भएको बताए ।
किरातीहरु प्रकृति पुजक भएको र यस चुम्भो प्रकृतिको संरक्षण, संबद्र्धन गर्ने हतुले स्थापना भएकोले महत्वपुर्ण हुने बताए । उनले भने प्रकृति भन्दा टाढा भएर कोही पनि बाँच्न सक्दैन । त्यसैले संस्थागत रुपमा बनजंगलको विकास गर्दै शान्ति क्षेत्र बनाउनु पर्छ ।

चुम्भोको कार्यलय उदघाटन तथा रिङरोड माथीको स्थानमा बोटबिरुवा रोप्ने र प्रकृतिक रुपले मनोरम बनाउने प्रतिबदता जनाउन कार्यक्रम गरेको चुम्भोका अध्यक्ष इन्द्रहाङ आङदेम्बेले बताए ।

एन एस फागोले शुभकामना दिएका कार्यक्रममा चुम्भोका अध्यक्ष इन्द्रहाङ आङदेम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो  । कार्यक्रममा सञ्च सङबाङफेले स्वागत मन्तब्य राखेका थिए भने आन्छुमे नसानले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर