युवाकवि विमला तुम्खेवा ‘प्रतिभा पुरस्कार–२०२०’द्धारा पुरस्कृत - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युवाकवि विमला तुम्खेवा ‘प्रतिभा पुरस्कार–२०२०’द्धारा पुरस्कृत

काठमाडौं। नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको ‘प्रतिभा पुरस्कार–२०२०’ युवाकवि विमला लुम्खेवा (तेह्रथुम) लाई प्रदान गरेको छ ।

प्रतिष्ठानद्वारा शनिवार आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह’ मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ताम्रपत्र र नगद एक लाख राशिको थैली युवाकवि तुम्खेवालाई प्रदान गरेको हो ।

युवाकवि तुम्खेवा खासगरी युवापुस्ताको समसामयिक विषयवस्तुमाथि सटिक ढङ्गले साहित्यको माध्यमबाट उजागर गर्दै आएका छन् ।

प्रखर लेखन क्षमता राख्ने तुम्बेवा महिला अधिकार सशत्तीकरणका निम्ति क्रीयाशिलका साथै पत्रकारिता तथा आख्यान लेखनमासमेत सक्रिय छन् ।

यसैगरि ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा. राजेन्द्र विमल (जनकपुर) लाई प्रदान गरेको छ ।

नेपाली भाषा, साहित्यको विकास प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएबापत विमललाई नगद रु ५० हजार र सम्मान–पत्रसहित सम्मान गरिएको हो ।

मधेशी मुलको भएर पनि नेपाली भाषा र साहित्यको विकास र प्रवद्र्धनमा डा विमलले महत्वपूर्ण भूमिका खेलेका छन् ।

नेपाली भाषाका साथै मैथिली भाषामा दक्खल राख्ने उनका एक दर्जन बढी कृतिहरु प्रकाशित छन् ।

सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष प्रतिभा पुरस्कार र प्रतिभा सम्मानबाट एकएक स्रष्टालाई सम्मान गर्दै आएको छ ।

नेपाली साहित्य, कला र संगीत क्षेत्रमा योगदान पु¥याएका संघर्षशील युवा स्रष्टालाई प्रतिभा पुरस्कार र ५० वर्ष उमेर माथिका वरिष्ठ स्रष्टालाई प्रतिभा सम्मान प्रदान गर्दै आएको छ ।

 

सम्बन्धित खवर