- पदम सुखि सम्बाम्फे
कुम्मायक । पाँचथरको कुम्मायक गाउपालिका ३ रानिगाउँको सिम्राहा घर भई अमेरिकाको न्युयोर्कमा बस्दै आएका स्वः रमेश सम्बाहाम्फेको स्मृतिमा सिद्ध माध्यमिक बिधालय तिङ्देनको क्षेत्र भित्र पुस्तकालय स्थापना गरिएको छ ।
गाउँको बयोवृद्ध डम्बरस्वर फुयालको प्रमुख आथित्यतामा उद्घाटन गरिएको सो समारोहमा पुस्तकालय भित्र एकहजार भन्दा बढी पुस्तकहरु सङ्ग्रहित गरिएको छ भने बिधालयले भवन निर्माणका लागि निशुल्क जग्गा प्रदान गरेको हो ।
चारलाख बराबरको लागतमा निर्माण भएको पुस्तकालय स्वः रमेशका बुबा राजनन्द सम्बाहाम्फे आमा हर्कमाया शेर्मा सम्बाहाम्फे र दाइहरु जगदीश र खगेन्द्र सम्बाहाम्फे साथै श्रीमति शान्ता लावति सम्बाहाम्फे र छोराहरु ओमप्रकाश तान्छोहाङ र छोरि रेणुका लागायतका पारिवारिक आर्थिक श्रोत बाट पुस्तकालय स्थापना गरि बिधालयलाइ शनिबार हस्तान्तरण गरिएको कुरा बिधालयका प्रधानध्यापक नरेन्द्र सम्बाहाम्फेले बताए ।
न्युयोर्कमा परिवार सङ्गै होटल ब्याबसाय गरेर बस्दै आएका सम्बाहाम्फे कोरोना भाइरसको सङ्क्रमण बाट गत बर्ष ७६ चैत ११ गते मृत्यु भएको परिवार श्रोताले जनाएको छ ।
समाजसेवी नेत्रबहादुर सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा शिक्षक गोबिन्द फुयाल तिलबिक्रम सम्बाहाम्फे जसपा जिल्ला सदस्य सुर्यदिप सम्बाहाम्फे दलबहादुर सम्बाहाम्फे र नरेन्द्र सम्बाहाम्फे पदम बिक र धनबहादुर बिक लगायतले मन्तव्य राखेका थिए ।