यायोक्खाद्वारा राष्ट्रिय जनगणना सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यायोक्खाद्वारा राष्ट्रिय जनगणना सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

माङ्सेबुङ । किरात राई यायोक्खा माङ्सेबुङ गाउँसमितिको आयोेजनामा १२औं राष्ट्रिय जनगणना सम्बन्धि १ दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार इलामको माङसेबुङ ३ स्थित आदिवासी भवनमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा आसन्न १२औं राष्ट्रिय जनगणनामा सम्पूर्ण किरात राईहरुले आनिवार्य उपस्थिति हुनुपर्ने, जाति, भाषा, धर्म सस्कृतीलाई बचाउन, बिकास योजनाको आधार तयार पार्न, राजनीतिक, समाजिक महत्त्व हुने हुनाले जनगणनामा किरात राईहरुको सहि तथ्यांक लेख्न र लेखाउनका लागि यायोक्खाले केन्द्र देखि वडासम्म प्रशिक्षण कार्यक्रम सुरु गरेको सहजकर्ता याम बाङदेलले बताए ।

यसैगरि यस्तो प्रशिक्षण अब वडा वडामा हुने, सम्पूर्ण किरात राईहरु सक्रिय भई जनगणनामा सहि तथ्याङ लेखाउन लागि पर्नु पर्ने यायोक्खा माङसेबुुङ अध्यक्ष डिल्ली राईले बताए ।

कार्यक्रममा विशेष अतिथिमा किराया इलाम जिल्ला सहसचिव ओपेन्द्र राई, जिल्ला सदस्य याम बाङ्देल, गाउँकार्यपालिका उपसमिति संयोजक रत्न कुमार राई लागयतको उपस्थिति रहेको थियो ।

किरात राई यायोक्खा माङसेबुङ गाउँसमितिका अध्यक्ष डिल्ली राजालिम राईको अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष मैतराज राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किराया जिल्ला सदस्य याम बाङदेलले सहजिकरण गरेका थिए ।

कार्यक्रम यायोक्खा माङसेबुङ गाउँ समिति सचिव रन्जित राईले सञ्चालन गरेको कार्यक्रममा रत्न कुमार राईको स्वागत मन्तव्य रहेको थियो ।

सम्बन्धित खवर