यासोक । पान्थरको कुम्मायक गाउँपालिकामा रहेको हाम्रो बचत तथा ऋृण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
संस्थाको चौथो अधिवेशनले मेघराज निरौलाको अध्यक्षतामा ११ सदस्य कार्य समिति चयन गर्दै सभा सम्पन्न भएको थियो ।
उक्त सभाको उपाध्यक्षमा तारानाथ सुब्बा, सचिव केन्द्रप्रकाश बराल, सह–सचिव लालबहादुर सम्बाहाम्फे, कोषाध्यक्ष नरेन्द्रबहादुर सम्बाहाम्फे लगायत ११ सदस्यीय समिति चयन गरिएको छ ।
सभाले तिलबहादुर खवास सम्योजकत्वमा ३ सदस्य लेखा तथा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । संस्थाका अध्यक्ष प्रकाशमणी बिसीले २०७६र०७७ को बार्षिक प्रतिवेदन र आगामी वर्षको बार्षिक लक्ष्य तथा कार्यक्रमको योजना प्रस्तुत गरेका थिए । उनले संस्थामा हालसम्मको कुल ९ करोड, २९ लाख, ४० हजार ९ सय ३७ रुपैयाँ चुक्ता पूँजी रहेको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै, संस्थाको आर्थिक वर्ष २०७६र०७७ को आय व्याय समेत प्रस्तुत गरिएको थियो । जसको आय तर्फ १ करोड, २८ लाख, ९९ हजार, ४ सय ३२ रुपैयाँ र व्यायतर्फ ५८ लाख, ३६ हजार, २ सय १८ रुपैयाँ रहेको जनाइएको छ ।
संस्थाको खुद नाफा ७० लाख, ६३ हजार, २ सय १३ रुपैयाँ सहितको प्रतिवेदन प्रस्तुत गरिएको साधारण सभामा संस्थाका लेखा समिति सम्योजक ऐगेन्द्रबहादुर खड्काले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले संस्थामा उत्कृष्ठ बाल बचत कर्ताको रुपमा सेयर सदस्य नरेन्द्र बोहोरा र इन्दिरा बुढाथोकीलाई प्रशंसा पत्र र नगद सहित सम्मान गरेको थियो भने संस्थाका सदस्य दिपशिखा बराललाई पनि एसइइमा ३.३० जिपिए ल्याएको भन्दै प्रशंसा पत्र र नगद द्वारा सम्मान गरिएको थियो ।
सभामा प्रमुख अथिति गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, विषेस अथिति सहकारी बैंक पाँचथरका प्रबन्धक बुद्धराम बल, जिल्ला बचत संघका कोषाध्यक्ष दिर्घसिं चेम्जोङ लगायतका बक्ताहरुले संथाको प्रगति र उन्नतिको कामना गरेका थिए ।