पौडी खेल्ने क्रममा डुबेर इलाममा २ जनाको मृत्यु - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पौडी खेल्ने क्रममा डुबेर इलाममा २ जनाको मृत्यु

इलाम । पौडी खेल्ने क्रममा डुबेर इलाममा २ जनाको मृत्यु भएको छ ।

इलामको इलाम नगरपालिका ८ मा रहेको माईबेनी हाईड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

माईजोगमाई गाउँपालिका ५ सोयाङका २० बर्षीय शेखर ढकाल र निजकै भाई १८ बर्षीय प्रबिण ढकालको सोमवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

मृतक दाजुभाई सोहि हाईड्रोमा काम गर्ने कामदारहरु रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरीको टोली घटनास्थलमा पुगि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित खवर