- पदम सुखि सम्बाहाम्फे
कुम्मायक । पाचथर जिल्ला कुम्मायक गाउँपालिकाको पिपलबोटेमा सोमबार बसेको संयुक्त वडाबासि भेलाले तमोर जलाशय सरोकार समिति गठन गरेको छ ।
प्रदेश न, १ को गौरवशालि आयोजना हुने भनिएको ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजनालाइ अघि बढाउँन समाजसेवी नरबहादुर खड्काको संयोजकत्वमा १७ सदस्य चयन गरिएको छ ।
उपाध्यक्षमा दिनानाथ घिमिरे, सचिब गणेश चेम्जोङ, सहसचिब रोहिणी भट्टराइ र कोषाध्यक्षमा अमरसिंह थापा लगायत समितिमा रहेका छन ।
उक्त जलाशय आयोजनाले यस अघि पनि समिति गठन गरी यस तमोर जलाशयको बिषयमा सम्बन्धित निकायसम्म खबरदारी गरेको छ भने नेपाल सरकार द्वारा प्रदेश न, १ को तमोर जलाशययुक्त जलविद्युत परियोजनालाई प्राथमिकता दिएर काम गर्दै आएको पनि जनाइएको छ ।
यसैगरि २ सय ५ मिटरको बाँध बाँधी बिद्युत उत्पादन गर्ने गुरु योजना रहेको बताइएको छ । आयोजनाले असर पार्ने ६ सय मिटर उचाइ सम्मको जग्गा खरिद बिक्रीमा समेत प्रतिवन्ध गरिसकेको छ ।
नेपाल सरकारले चाईना पावर कम्पनी र लगानी बोर्डलाई योजना अघि बढाउन जिम्मा दिएको बताइएको छ ।
गठित समितिले सम्बन्धित निकायलाई दबाव सृर्जना गरि आयोजना सन्चालन गर्दा त्यहाँका आदिबासी जनजाति नागरिक बर्गले सदियौ बर्ष देखि उनिहरुको पुर्खाले आर्जन गरेको अमुर्त ऐतिहासिक सम्पदालाई जोगाएर अनिवार्य संरक्षणमा ध्यान पुर्याउनु पर्ने किराँत याक्थुङ चुम्लुङ केन्द्रिय सदस्य गणेश चेम्जोङले बताएका छ्न ।
यसरीनै आयोजनाको प्रभावित क्षेत्र कुम्भकर्ण हिमाल सम्म फैलिन सक्ने पनि चेम्जोङको भनाई छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, मालेका पोलिट ब्युरो सदस्य दिनानाथ अधिकारी, कुम्मायक १ का वडा अध्यक्ष देबेन्द्रकुमार लावती, जसपा कुम्मायक अध्यक्ष टिएन सम्बाहाम्फे नेपाल कम्युनिस्ट पार्टी नेकपा कुम्मायकका मेघराज निरौला नेपाली काङग्रेस जिल्ला सदस्य टंकप्रसाद पौडेल लगायत बिभिन्न पाटी प्रतिनिधि र स्थानीयवासीको सहभागीता रहेको थियो ।
कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष यामबहादुर बोहोराको अध्यक्षतामा सम्पन्न भएको थियो ।