नालीफूङवा केन्द्रिय बैठक सम्पन्न, पाचौं महाधिबेसन चैत २९ र ३० मा हुने - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफूङवा केन्द्रिय बैठक सम्पन्न, पाचौं महाधिबेसन चैत २९ र ३० मा हुने

  • मुसाहाङ अम्याङसा

माङसेबुङ / किरात धर्म सम्बद्व युवाहरुको गौरवशाली साझा संगठन किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ पान्जुम्भोको पाँचौ केन्द्रीय महाधिवेशन हुने भएको छ ।

पान्जुम्भोको केन्द्रीय महाधिवेशन आगामी चैत २९ र ३० गते इलाम जिल्लाको माङसेबुङ गाउँपालिका वडा न. ५ स्थित किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र पवित्र एवम् पुण्यभूमी माङसेबुङ केन्द्रीय कार्यालय परिसरमा हुने भएको हो ।

किरात चोत्लुङ मुहिङगुम अङसी माङगेना सेवा समितिको केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यतामा किरात धर्मावलम्बी नालीफूङ्वाहरुको बृहत् उपस्थितिमा महाधिबेशन भव्य समारोहको साथ सम्पन्न हुने भएको छ ।

नालीफूङ्वा पान्जुम्भोको पाँचौ महाधिवेशन तयारीको लागि शनिबार बसेको नालीफूङ्वा केन्द्रीय समितिको बैठकले पाँचौ केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

किरात धर्ममा लामो समय योगदान गर्नु हुने पुर्व नालीफूङ्वा मुजोलुङ पान्जुम्भोका २ जना व्यक्तित्वहरुलाई उच्च मुल्याङकन गर्दै सम्मान गर्ने र त्यसै गरी १ महिला र १ पुरुषलाई नालीफूङ्वा जुझारु पुरस्कार(२०७७) प्रदान गर्ने समेत निर्णय भएको समितिको केन्द्रीय सचिव योगेस लाओती ‘चुक्सा याप्मी’ ले बताए ।

स्थापना दिवसको अवसरमा प्रदान गरिदैं आएको नालीफूङ्वा जुझारु पुरस्कार कोभिडका कारण स्थापना दिवसमा प्रदान गर्न नसकिएकोले महाधिबेशनको अवसरमा प्रदान गर्न निर्णय भएको सचिव ‘चुक्सा याप्मी’ ले बताए ।

कार्यक्रममा प्रत्येक जिल्ला, गाउँपालिका, नगरपालिका तथा वडाबाट प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुने आयोजकले बताएको छ ।

बैठक नालीफूङवा पान्जुम्भो केन्द्रीय अध्यक्ष दीपक तिगेला खेवाहाङ ( लिम्बु) को अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर