माङसेबुङमा पबित्रहाङमा कप खेलकुद प्रतियोगिता शुरु - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा पबित्रहाङमा कप खेलकुद प्रतियोगिता शुरु

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा पबित्रहाङमा कप ११ औ संस्करण खेलकुद प्रतियोगिता शुरु भएको छ ।

‘हाम्रो पहिचान, राष्ट्रको शान र धर्मको महलमा किरात धर्म लेखौं, राष्ट्रिय जनगणना २०७८ सफल पारौं’ भन्ने नाराका साथ पवित्रहाङमा कप खेलकुद प्रतियोगिता शुरु भएको हो ।

बिहिबार (आज) भएको समुह ‘ए’ अन्तरगत पहिलो खेलमा चुलाचुलि खेलकुद बिकास समिति ईलामलाई ३–१ ले पराजित गर्दै रोयल स्पोटिङ क्लब दमक झापा अन्तिम चरमा प्रबेश गरेको छ ।

यसैगरि आज भएको समुह ‘बि’ अन्तर्गत दोस्रो खेलमा पन्चकन्या एफ सि उदयपुरलाई ४–० ले हराउदैं साबिक बिजेता ए. पि. एफ. सि. माङसेबुङ अन्तिम चारमा प्रबेश गरेको छ ।

रोयलको जितका लागि दिया शाही र दिव्या मगरले समान एक/एक गोल गरिन् । खेलमा चुलाचुलीले राम्रो प्रदर्शन गरेपनि गोल रक्षकको गल्तीले रोयल क्लव दमकले पहिलो हापमा गोल गर्नेमा मौका पायो ।

खेलको २१ औं मिनेटमा दमककी दियाले गोल गर्दै अग्रता दिलाएका थिए । मध्यान्तरपछिको ८ मिनेटमा दिव्याले गोल गरी टिमलाई २ गोलको अग्रता दिलाइन् । मध्यान्तरपछिको १८ औं मिनेटमा चुलाचेलीकी एलिनाले १ गोल गरे पनि पुनः रोयलका दियाले व्यतिगत दोस्रो गोल गर्दै  गोल गर्दै ३–१ अन्तरले रोयलको जित पक्का गराएकी थिइन् ।

त्यस्तै  माङसेबुङकी लक्ष्मी ठटालले ह्याट्रिक गरेकी छन् । ठटालले खेलको ६, ११, २७ र ४३ औं मिनेटमा गोल गरेकी हुन ।

उता उदयपूरले भने खेल अवधिभर कुनै गोल गर्न सकेन । उदयपूरका खेलाडीलाई विपक्षीको पोलमा पुग्न समेत हम्मेहम्मे परेको थियो । विपक्षीको निरन्तर दवावमा परेको उदयपुरले रक्षात्मक खेलेका थिए ।

खेलको उत्कृष्ट खेलाडी विजेता दमककी दिया शाही घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् भने माङसेबुङकी लक्ष्मी ठटाल उत्कृष्ट खेलाडी विजेता घोषित भइन् ।

यसरीनै पबित्रहाङमा कप ११ औं संस्करण अनतर्गत शुक्रबार पनि दुई खेल सञ्चालन हुने भएको छ । पहिलो खेल धरान पुटबल क्लव सुनसरी र खदम स्पोर्टीङ क्लव मोरङ बिच र दोस्रो खेल सतिसाले एफ. सि. मोरङ र माउण्ट एभरेष्ट क्लव चतरा सुनसरी बिच हुने आयोजकले जनाएको छ ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल भने फागुन २ गते हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने गोल्डकप प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र दार्जिलिङ भारतका ८ टीमको सहभागीता रहने छ ।

प्रतियोगितामा ए. पि. एस. सी. दार्जिलिङ भारत, रोयल स्पोर्टस क्लब दमक झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद समिति इलाम, पञ्चकन्या एफ.सी उदयपुर, सतिसाले एफ. सि. मोरङ, खदम स्पोर्टिङ क्लब मोरङ र धरान फुटबल क्लब सुनसरीको सहभागिता रहने आयोजक खेलकुद विभाग संयोजक आङबुहाङले जानकारी दिए ।

११ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख १ सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा फागुन ३ गते प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिने हक्चात यक्चुमका अध्यक्ष आङबुहाङको भनाई छ ।

प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न अतिरिक्त खेलहरु पनि सञ्चालन हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्ने, फूलमाला दौड, गाग्री भर्ने दौड, चम्चा दौड (१५ वर्ष मुनि), कराँते लगायतका खेलहरु सञ्चालन हुने विज्ञप्तीमा जनाइएको छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकको भनाई छ । इलामको माङसेबुङमा पवित्रहाङमा गोल्डकप २०६७ यता हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको शुभ जन्मोत्सवको अवसरमा सञ्चालन हुँदै आएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ (साविक बाँझो ७ उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते भएको थियो । वि. स. २०३२ साल माघ २२ गते बिहिबारको दिन साबिक इलामको इभाङ ५ हाल माङसेबुङ गाउँपालिका–२, चुक्चिनाम्बा गैरीगाउँ माङहिममा मुहिङगुम अङसीमामाङले पुण्यप्रसाद लिङ्देन र चन्द्रमाया चेम्जोङ (श्यामजिरी) को कोखबाट जन्मनु भएका मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दका पुनः अवतार मुहिङगुम अङसीमाङ अर्थात तत्कालीन बालागुरु आत्मानन्द लिङ्देन सेईङसंग देव विवाह गर्नु भयो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङको जीवन सारथीको रुपमा विराजमान रहनु भएको छ । किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृतिको प्रचार–प्रसार गर्दै, कुरीति र कुसंस्कारमा रहेका समुदायलाई सभ्य, शिक्षित र चेतनशील बनाउने अभियानमा अङसीमाङको सदैव जीवन सारथीको रुपमा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन उभिनु भएको छ ।

सम्बन्धित खवर