पवित्रहाङमा कप : शुक्रबार दुई खेल सञ्चालन हुँदै - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : शुक्रबार दुई खेल सञ्चालन हुँदै


माङसेबुङ । इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप ११ औं संस्करण फूटबल प्रतियोगिता अन्तरगत शुक्रबार दुई खेल सञ्चालन हुँदैछ ।

आत्मानन्द खेलमैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा धरान फुटबल क्लब सुनसरी र खदम स्र्पोटिङ क्लब मोरङबीच प्रतिष्पर्धा हुनेछ । दोश्रो खेल सातिसाले एफसी मोरङ र माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीबीच हुने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेन ६५ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारेहको अवसरमा आयोजित प्रतियोगिता विहिबारदेखि सुरु भएको हो ।

विहीबारको उद्घाटन खेलमा रोयल स्पोर्टिङ क्लब दमक र एपिएससी माङसेबुङले विजयी सुरुवात गरिसकेको छ । दमकले चुलाचुली गाउँपालिका खेलकुद समितिलाई ३–१ गोलले पराजित गरेको थियो । त्यस्तै माङसेबुङले पञ्चकन्या एफसी उदयपूरलाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी बनेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख एक सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार एक सय ६५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन् ।

आत्मा पवित्र हक्चात यक्चुम माङसेबुङ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर गरी ८ महिला टीमले सहभागीता जनाएका छन् ।

प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुनेछ ।

सम्बन्धित खवर