पवित्रहाङमा कप : शनिबार सेमीफाईनलका दुई खेल हुँदै - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : शनिबार सेमीफाईनलका दुई खेल हुँदै

माङसेबुङ । इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप ११ औं संस्करण फूटबल प्रतियोगिता अन्तरगत शनिबार सेमीफाईनलका दुई खेल सञ्चालन हुँदैछ ।

आत्मानन्द खेलमैदानमा जारी प्रतियोगिताको सेमीफाईनल खेलमा धरान फुटबल क्लब सुनसरी र रोयल स्र्पोटिङ क्लब दमकबीच प्रतिष्पर्धा हुनेछ भने दोश्रो खेल माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी र ए.पि.एस.सी माङसेबुङबीच हुने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेन ६५ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारेहको अवसरमा आयोजित प्रतियोगिता विहिबारदेखि सुरु भएको हो ।

प्रतियोगिताको विजेताले नगद १ लाख एक सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार एक सय ६५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन् ।

आत्मा पवित्र हक्चात यक्चुम माङसेबुङ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर गरी ८ टीमले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको फाइनल आईतबार हुनेछ ।

 

सम्बन्धित खवर