पवित्रहाङमा कप : माङसेबुङ र दमक उपाधी नजिक - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कप : माङसेबुङ र दमक उपाधी नजिक

माङसेबुङ । इलामको माङसेबुङमा जारी ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगितामा ए.पी.एस.सी.माङसेबुङ र रोयल स्पोर्टिङ क्लब दमक उपाधी नजिक पुगेको छ ।

शनिबार भएको पहिलो सेमीफाइनल खेलमा धरान फुटबल क्लब सुनसरीलाई २–१ पराजित गर्दै रोयल स्पोर्टीङ क्लब दमक उपाधि नजिक पुगेको हो ।

रोयलकी दीपा साहीले खेलको ५ औं मिनेटमा पहिलो गोल गरेकी थिइन । फेरी २९ औं मिनेटमा रोयलले पाएको फ्रि किकमा धरानकी सुनाली लिम्बूको हेडमार्फत आत्माघाती गोल भएपछि रोयलको जित सनिश्चित भएको थियो ।

दास्रो हाफमा खेलको ७ औं मिनेटमा वविता विकको गोल बाट खेलमा फर्किने संकेत देखाएपनि धरानले हार टार्न भने सकेन ।

यसैगरि दोश्रो सेमीफाइनलमा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीलाई २–० गोल अन्तरले पराजित गर्दै ए.पी.एस.सी. माङसेबुङ फाइलनमा प्रबेश गरेको छ ।

माङसेबुङकी लक्ष्मी ठटालले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै टिमलाई अग्रता दिलएकी थिइन ।

त्यस्तै दोस्रो हाफमा खेलको दोस्रो मिनेटमानै पुनः माङसेबुङकै लक्ष्मीले व्यक्तिगत दोस्रो गोल गर्दै सहज जित दिलाइन । खेलको वुमन अफ दी म्याच चतराकी गंगा राई घोषित भईन ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन ।

प्रतियोगिताको फाइनल खेल आइतबार(भोली) हुनेछ । फाइनल खेलको अलावा प्रतियोगितामा अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, गाग्री भर्ने, माला उन्ने, चम्चा दौड, कराते लगायतका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

म्याराथुनमा प्रथम हुनेले ५ हजार १ सय ६५, दोस्रोले ४ हजार १ सय ६५, तेस्रोले ३ हजार १ सय ६५ र सान्तवना हुनेले २ हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजना गरिएको प्रतियोगिता बिहिबारबाट शुरु भएको हो ।

 

सम्बन्धित खवर