संघको पुर्ण वैठक : स्मृती ग्रन्थ चाडै प्रकाशन हुने - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संघको पुर्ण वैठक : स्मृती ग्रन्थ चाडै प्रकाशन हुने

दमक । किरात धर्म तथा साहित्य उत्थान संघको लामो समय पछि पुर्ण वैठक सम्पन्न भएको छ ।

किरात धर्म तथा साहित्य उथान संघको केन्द्रिय कार्यलय दमक झापामा संघको केन्द्रीय अध्यक्ष डकेन्द्र सिंह थेगिमको अध्यक्षतामा शनिबार बैठक बसेको हो ।

वैठकमा संघको महाधिवेशन, स्मृती ग्रन्थ प्रकाशन, प्रगति प्रतिवेदन, भवन निर्माण गर्दाको लेखा परीक्षण र आर्थिक पारदर्शीता लगायतका विषयवस्तु माथि बृहत् छलफल गरेको थियो ।

संस्थालाई चुस्त दुरुस्त राख्न र उर्जाशील बनाउन संघको बिगत देखि बर्तमानसम्मको प्रगतिवेदन, भवन निर्माण गर्दाको लेखा परीक्षण र आर्थिक पारदर्शीता प्रष्ट रुपमा ल्याउनु पर्ने माग केन्द्रिय सदस्य जितेन पङधाकले  राखे । त्यस्तै महाधिवेशन हुन भन्दा अगाडि भवन निर्माण गर्न उठाएको रकम, स्मृति ग्रन्थ प्रकाशनका लागि उठाएको रकमको काम पारदर्शी रुपमा हुनु पर्छ भन्ने कुरा केन्द्रिय सदस्य पृथ्वी बेधाले उठाए । यसो गर्न नसेके वर्तमान समिति र अध्यक्षलाई सेफ ल्यान्डिङ हुन गाह्रो पर्ने कुरा राखे । एघार वर्षसम्म पनि स्मृति ग्रन्थ नआउनको कारण के हो भन्दै नेतृत्वलाई जवाफदेहीता बन्न आग्रह गरे ।

स्मृती ग्रन्थ प्रकाशनको नाममा संकलन भएको रकम क–कसले दुरुयोग गर्यो तिनीहरुको नाम सार्वजनिक गर्न माग गदै उपाध्यक्ष दुधबहादुर लाओतीले भने नत्र यी समपुर्ण रकमको हस्सेदार अध्यक्ष थेगिम लगायत कार्यकारी सदस्यहरु जिम्मेवार हुनु पर्ने कुरा राखे ।

संघको विधान अनुसार २०७५ सालमा नै महाधिवेशन गर्नु पर्ने हुन्छ । तर विविध कारणले महाधिवेशन सम्पन्न हुन नसकेकोमा संघका उपाध्यक्ष सेसेहाङ फियाकले  जनाएका छन् ।

विधी र प्रक्रियाको कुरा उठाउदै संघका सह–सचिव मनकुमार आङबुहाङ(अवोध अबिरल)ले केन्द्रको महाधिवेशन गर्नु भन्दा अगाडि वडा, गाँउपालिका, नगरपालिका, महानगरपालिका, प्रदेश र राष्ट्रिय समितिको अधिवेशन हुनु पर्नेमा जोड दिए ।

संघको नेतृत्व प्रति लाग्ने गरेको आर्थिक हिनामिना सम्बन्धीको आरोप र विना लिगको रेल जस्तो भएको संघको नेतृत्वलाई प्रश्न राख्दै सदस्य भिम नेम्बाङले भने– संघलाई किन सिस्टमम चलाउन सकिरहेको छैनौ । किन अध्यक्ष र मुख्य सचिवको नाममा आर्थिक हिनामिना गरेको भन्ने कुरा जोडिन्छ, यो कुरा प्रष्ट पार्नुपर्छ ।

सबै कुराको उत्तर दिदै अध्यक्ष थेगिमले लामो समयसम्म अल्झि रहेको स्मृति ग्रन्थको सम्पादन भैसकेको हुनले अब चाडै प्रकाशन गर्ने स्पष्ट पार्दै उनले भने – हाम्रो ध्यान जसरी स्मृती ग्रन्थ प्रकाशन गर्ने तिर छ र स्मृति ग्रन्थ प्रकाशन समिति बनाएर चाडै भक्तजनहरुको हात हातमा पुर्याउने छौ । केन्द्रीय भवन निर्माणको सम्बन्धमा केन्द्रिय भवन निर्माण पुरा गरेरै छोड्ने र सत्र वर्ष लामो किरात धर्म तथा साहित्य उत्थान संघमा काम गरेको हुनले अब अरुलाई पालो दिनु पर्ला भन्ने सोच बनाएको कुरा राख्दै बैठक समापन गरे ।

सम्बन्धित खवर