पवित्रहाङमा कपको उपाधी रोयल स्पोर्टिङ क्लब दमकलाई - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कपको उपाधी रोयल स्पोर्टिङ क्लब दमकलाई

माङसेबुङ । इलामको माङसेबुङमा जारी ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधी रोयल स्पोर्टिङ क्लब दमक झापाले कव्जा गरेको छ ।

आत्मानन्द खेलमैदानमा आईबार भएको फाइनल खेलमा ए.पी.एप.सी. माङसेबुङलाई १–० ले पराजित गर्दै दमकले उपाधि कव्जा गरेको हो ।

दमकको जीतमा निकिता थोकरको एक मात्र गोल नै निर्णायक बन्यो । निकिताले दोस्रो हाफको ११ औं मिनेटमा आकर्षक गोल गर्दै दमकलाई जित दिलाएकी थिइन् ।

उपाधी कव्जा गरेसंगै दमकले नगद पुरस्कार स्वरुप १ लाख १ सय ६५ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात दपारेका छन् ।

यसैगरि उपविजेता टिम माङसेबुङले नगद पुरस्कार स्वरुप ५० हजार १ सय ६५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझउनु परेको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६५ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजना गरिएको प्रतियोगिता बिहिबारबाट शुरु भएको हो ।

सम्बन्धित खवर