प्रेस नेपाल पत्रकार योङहाङको नेतृत्वमा महासंघमा जाने - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रेस नेपाल पत्रकार योङहाङको नेतृत्वमा महासंघमा जाने

इलाम । प्रेस नेपाल इलाम नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार राम योङहाङको नेतृत्वमा सहभागी हुने भएको छ ।

प्रेस नेपाल जिल्ला समिति इलामको मंगलबार इलामको माङसेबुङमा बसेको बैठकले केन्द्रीय सदस्य योङहाङको नेतृत्वमा पत्रकार महासंघमा सहभागी हुने निर्णय गरेको हो । प्रेस नेपालले योङहाङलाई जिल्ला सचिव पदको उम्मेद्वार बनाउने निर्णय गरेको छ । अन्य पदमा भने आगामी बैठकले उम्मेद्वार चयन गर्ने प्रेस नेपाल इलामले जनाएको छ ।

इलामबाट संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमका सम्पादक समेत रहेका योङहाङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष एवम् शिक्षा पत्रकार समूह प्रदेश १ का सदस्य समेत हुन् । उनी काठमाडौंबाट प्रकाशित सौर्य राष्ट्रिय दैनिकका इलाम संवाददताका रुपमा समेत कार्यरत छन् ।

प्रेस नेपाल इलामका अध्यक्ष ज्ञानु केदेमको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश इन्चार्ज कमन देवानको प्रमुख आतिथ्यतामा बसेको बैठकले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठकले अन्य संगठनसँग सहमति र सहकार्यका लागि ३ सदस्यीय संवाद समिति समेत गठन गरेको छ । समितिमा प्रेस नेपालका केन्द्रीय सदस्य राम योङहाङ, जिल्ला अध्यक्ष ज्ञानु केदेम र सहसचिव तारावीर लिम्बू रहेका छन् ।

त्यस्तै बैठकले मुलुकको संविधान एवम् नागरिक अधिकारलाई कुण्ठित गर्ने प्रधानमन्त्री केपी ओलीको पुस ५ को असंवैधानिक कमदमको विपक्षमा उभिँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रेस नेपाल दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रेस नेपालका उपाध्यक्ष कमन देवानले नेपाल पत्रकार महासंघको सबै तहमा प्रेस नेपालले सशक्त हस्तक्षेप बढाउने गरि उम्मेद्वारी दिने बताए ।

सम्बन्धित खवर