प्रतिगमनका विरुद्ध श्रष्टा आन्दोलन दमकमा हुदै - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रतिगमनका विरुद्ध श्रष्टा आन्दोलन दमकमा हुदै


दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गर्दै शुक्रबार दमकमा श्रष्टा आन्दोलन हुने भएको छ ।

सबै खाले प्रतिगमनका विरुद्धमा र निरन्तर अग्रगमनका पक्षमा भन्ने नाराका साथ गणतन्त्र चौक स्थित पिपलबोटमा श्रष्टाहरुले कविता वाचन गरेर आन्दोलन गर्ने भएको हो ।

नेपालका चर्चित आख्यानकार तथा मदन पुरस्कार विजेता राजन मुकारुङलाई मुख्य वक्ता(वाचक)को रुपमा निम्त्याएको छ ।

दश जना साहित्यकारहरुले आफ्ना एक–एक थान कविता मार्फत प्रतिगमनकारी सरकारलाई खवरदारी गर्ने आयोजकले जनाएको छ । कविता वाचनका लागि कविहरु प्रकाश बुढाथोकी, मनु मन्जील, सुन्दर कुरुप, देवान किराती, सुमित्रा वाङदेल, विराट किराती, रचना लावती, सुनिता तामाङ, साङसेन पन्धाक र सेसेहाङ फियाक रहेका छन् ।

सम्बन्धित खवर