पत्रकार मञ्च दमकको साधारण सभा सम्पन्न - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पत्रकार मञ्च दमकको साधारण सभा सम्पन्न

दमक । झापाको माई पश्चिममा रहेको पत्रकारहरुको साझा संगठन पत्रकार मञ्च दमकको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पत्रकार मञ्च दमकको कार्यालयमा राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहालको प्रमुख आतिथ्यमा मंगलबार ११ औ साधारण सभा सम्पन्न भएको हो ।

अध्यक्ष मनकुमार गदालले पेस गरेको प्रतिवेदन, सचिव देशराज नेम्बाङले पेस गरेको संगठनिक प्रतिवेदन र कोषाध्यक्ष धनबहादुर थेबेले पेस गरेको आर्थिक प्रतिवेदन माथी छलफल गरी पारित गर्दै सभा सम्पन्न गरेको हो ।

पत्रकारहरुले सुचना सही ढंगले प्रबाह गर्न आग्रह गर्दै प्रमुख अतिथि दाहालले भने– पत्रकारहरु सुचनाको संबाहक भएकोले सधैव निष्पक्ष, पार्दर्शी र स्वतन्त्र भएर समाचार सम्पे्रसण गर्नु पर्छ । जुन पत्रकारको संवैधानिक अधिकार हो र आम जनता सुचनाका हिस्सेदार हुन ।

त्यस्तै वर्तमान अवस्थामा चलिरहेको राजनैतिक घटना क्रमलाई जोड्दै दाहालले भने– प्रधानमनत्री केपी शर्मा ओलीले गरेको संसद विघठनलाई केहीले असंवैधानिक भने पनि यो संवैधानिक हो । उनका अनुसार जनताले झन्डै दुई तिहाई नजिकको बहुमत दिएर स्थायी सरकार चलाउने म्यान्डेट दिए पनि सत्ता सझेदारबाटै सत्ता परिवर्तनको खेल भएकोले जनताले दिएको अधिकार जनतामै प्रदान गरेको हो । जुन कार्य अग्रगमन जिकिर गरे ।

दाहालका अनुसार वर्तमान सरकारले गरेको विकास, प्रगति र समृद्धीको कार्यले केही अतालिएर सरकार विरोधि गतिविधी गरेको आरोप समेत लगाए ।

अन्त्यमा दाहालले पत्रकार मञ्च दमकको अक्षय कोषलाई ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवधता प्रकट गरे । त्यसरी नै उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

सभामा प्रेस नेपालका उपाध्यक्ष कमन देवान, मञ्चका पुर्व अध्यक्ष गञ्जबहादुर दाहाल, उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ लागायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर