किरात ऐतिहासिक धरोहर अतिक्रमण विरुद्ध विरोध सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात ऐतिहासिक धरोहर अतिक्रमण विरुद्ध विरोध सम्पन्न

दमक । किरात जातिहरुको सभ्यताको धरोहर “खुवालुङ“ माथिको अतिक्रमण र दमन बिरुद्ध बिरोध कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार दमक स्थित पिपल चौकमा किरात राई विद्यार्थी संघ झापा र किरात राई लेखक संघ झापाको संयुक्त आयोजनामा किरातहरको ऐतिहासिक धरोहर ‘खुवालुङ’ माथिको अतिक्रमण र दमन विरुद्ध बिरोध कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पत्रकार तथा युवा नेता कमन देवनले सांस्कृतिक दमन विरुदको आन्दोलनमा ऐक्यबद्धता जनाउन सबैलाई आग्रह गरे । नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ केन्द्रीय प्रतिनिधि साङसेन वारक पन्धाकले सांस्कृतिक दमनको धोर भर्सना गर्दै भने– आदिवासी जनजातिहरुले पशुपतिनाथ भत्काएर यलम्बरको शालिक राख्ने कुरा कहिले गरेका छैनौ । मुन्धुमले बहुसंस्कुतिक कुरा गर्न सिकाएको छ । उनले थपे बरु अरुलाई जनतिवादीको आरोप लगाउनेहरुनै झन धेरै जातिवादको पक्षपोषण गरी रहेका छन् अब तिनीहरु विरुद्ध निरन्तर संघर्ष गर्ने छौं ।

कार्यक्रममा किरात राई लेखक संघ कार्यसमिति झापाका अध्यक्ष जितेन साम्पाङ, किरात राई विद्यार्थी संघ जिल्ला कार्य समिति झापा सुनिल हाताछो राई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सन्चालन मिलन राईले गरेका थिए ।

 

सम्बन्धित खवर