माङसेबुङमा सचेत युवा सञ्जाल गठन - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा सचेत युवा सञ्जाल गठन


दमक । माङसेबुङमा युवाहरुलाई संगठित गर्न आम भेला गरी सचेत युवा सञ्जाल समिति गठन गरिएको छ ।

माङसेबुङ गाउँपालिका वडा न. ४ मार्चेबुङ स्थित सञ्चारकर्मी तथा युवा अभियान्ता रमेश प्रसाईको प्रमुख अतिथिमा एक कार्यक्रम गरी सुमन राईको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा भुपाल राई, सचिवमा आशिष जबेगु, सह–सचिवमा सुमन साम्बा, कोषाध्यक्षमा बुधरानी तुम्सा, रहेका छन् । समितिको सदस्यहरुमा रवी राई, पर्वत राई, नकुल राई, हर्क लावती, मनकुमार जबेगु, रविन राई, युगेश राई र प्रेमराज जबेगु रहेका छन् ।

त्यस्तै रोशन देवान, लालहाङ नेम्बाङ, शन्देस राई, सविन राई, उदय तुम्सा, सुशिला राई, सोम कुमार राई, आशिष राई, शन्देस राई, त्रिचन राई, सनबहादुर राई, नरेन्द्र सेर्मा, शक्ति राई, गजिन्दं काबाङ, बिष्णु राई, राजकुमार गहतराज, उमेश राई र सुर्य राई रहेका छन् ।

कार्यक्रममा डिकेन्द्र इधिङगा, जीवन विष्ट, केन्द्र राई, धनप्रसाद राई, लगायतले शुभकामना दिएका थिए ।

आशिष जबेगुले सञ्चालन गरेको कार्यक्रम सुमन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर