किरात धर्म लेखौं विषयक अन्तरक्रिया नवलपरासीमा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्म लेखौं विषयक अन्तरक्रिया नवलपरासीमा

नवलपरासी । नवलपरासीमा आदिवासी कुमाल जातिसँग आसन्न राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

किरात धर्म लेखौं अभियानलाई देश व्यापी रुपमा सञ्चालन गर्ने शिलशिलामा शुक्रबार नवलपरासी जिल्लाको चोरमारास्थित शहिद अनमोल सभाहलमा नेपाल कुमाल समाजका पदाधिकारीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।

नेपालमा हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात धर्म लेखौं विषयमा नवलपरासीमा नेपाल कुमाल समाजका केन्द्रीय अध्यक्ष केवल पाल्पाली कुमाल, सदस्यहरु विवेक कुमाल, मदन कुमाल लगायतसँग छलफल तथा अन्तरक्रिया गरिएको महासमितिका कोषाध्यक्ष प्रकाश सावदेनले जनाएको छ ।

छलफलमा नेपालका आदिवासी कुमाल समुदायहरु पक्कै हिन्दु धर्मावलम्बी नभएको तर तत्कालनै कुनै पनि धर्मलाई आधिकारिक घोषणा गरी हाल्ने स्थिती नरहेको नेपाल कुमाल समाजका अध्यक्ष केवल पाल्पाली कुमालले बताए । उनले भने, ‘हामी हिन्दु धर्मावलम्बी पक्कै होइनांै ।’

ऐतिहासिक तथ्य प्रमाणहरु खोज अनुसन्धान गरेर केन्द्रीय समितिमा व्यापक बहश गरी सकेसम्म आगामी जनगणनामा धर्मको महलमा किरात धर्म लेख्ने परिस्थिती निर्माण गर्ने अध्यक्ष कुमालको भनाई छ ।

यसरी किरात धर्म लेखौं विषयमा छलफल तथा अन्तरक्रिया गर्न किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा अभियान टोली सो क्षेत्रमा पुगेको जनाइएको छ ।

टोलीका प्रतिनिधिहरुमा महासमितिका उपाध्यक्ष कमला तुम्बापो, कोषाध्यक्ष प्रकाश सावदेन, सचिव काजीमान लिङदेन, किरात साम्यो सुनुगेन थक्सुबा पान्जुम्भोका मनकुमार थेगिम, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय सदस्य अनिस लाओती, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति नेपालका अध्यक्ष इन्द्रकुमार सेर्मा, साङदाङगेन वरुमसामा लिला माझी लगायतका संघ संगठनहरुका प्रतिनिधि सहभागि रहेको महासमितिले जनाएको छ ।

सम्बन्धित खवर