कुम्मायकमा माङसेवासावा पान्जुम्भोको कार्यलय स्थापना - Mangsebung News
  • बुधबार, जेठ ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायकमा माङसेवासावा पान्जुम्भोको कार्यलय स्थापना

  • पदम सुखि सम्बाहाम्फे

कुम्मायक । पन्थरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा किरात साम्यो माङसेवासाबा पान्जुम्भो कुम्मायक गाउँपालिका समितिको कार्यलय उद्घाटन गरिएको छ ।

आइतबार कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको प्रमुख आतिथ्यमा ९ जना सेवासावा द्वारा १०८ बत्ती दिपजलन गरि साम्जिक मुन्धुम वाचन गरि सेवासावा कार्यालय उद्घाटन गरिएको हो ।

गुरु नीजि आश्रम कृषि तथा भौतिक पुर्बाधार निर्माण आर्थिक व्यावस्थापन केन्द्रिय समितिका उपाध्यक्ष ताराबिर नेम्बाङ, माङ्सेबुङबाट आएका प्रतिनिधि कमला थलङ र थोलबहादुर शेर्माले किरात धर्म र दर्शनको औचित्यबारे प्रकाश पारेका थिए ।

यसैगरि वडा न १, का वडाध्यक्ष देबेन्द्र लावती, पुर्व प्र.अ. चन्द्र निरौला र तुलसीमाया आङ्देम्बेले पनि किरात धर्म दर्शनको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

यसअघि भुवनसिं सम्बाहाम्फेको अध्यक्षतामा १३ सदस्यीय किरात साम्यो माङसेवासाबा पान्जुम्भो कुम्मायक गाउँपालिका समिति गठन गरिएको थियो । उपाध्यक्षमा चन्द्र चेम्जोङ र हर्कबहादुर शेर्मा साचिब नरेन्द्र चेम्जोङ कोषाध्यक्षमा शान्तिला सम्बाहाम्फे लावति सहसचिव सुर्यहाङ शेर्मा सदस्यहरु सोममाया लावति मनमाया शेर्मा बुद्धि सम्बाहाम्फे खडक सम्बाहाम्फे लगायतका समितिमा रहेका छन ।

 

सम्बन्धित खवर