कनकाईमा ट्रक, कार र मोटरसाईकल ठोक्किँदा २ को मृत्यु ४ घाईते - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कनकाईमा ट्रक, कार र मोटरसाईकल ठोक्किँदा २ को मृत्यु ४ घाईते

दमक । झापाको कनकाई नगरपालिका ४ स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रक, कार र मोटरसाईकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ, भने ४ जना घाईते भएका छन् ।

बुधबार दिउसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेको प्र १–०१–००१ च ०१६७ नम्बरको कार र प्र १–०१–०१३ प १७८३ नम्बरको मोटरसाईकल लाई ठोक्किँदा २ जनाको मृत्यु भएको हो ।

कारमा सवार सुनसरी धरान–१६, का २८ बर्षीय चालक दिपक क्षेत्री र सोलु पासाङ–१ का ३० बर्षीय दिलिप राना मगर गम्भिर घाईते भई बि. एण्ड.सी. अस्पतालमा उपचारको क्रममा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए ।

कारमा सवार दिलिप राना मगरको श्रीमती ३० बर्षीय अन्जु मगर, सोही स्थान बस्ने ३० बर्षीय सुरेश मगर र मोटरसाईकलमा सवार झापा शिवसताक्षी २ का ३९ बर्षीय ज्ञान बहादुर कसाई र मोटरसाईकल पछाडी सवार निजकै श्रीमती ३० बर्षीया सोनम श्रेष्ठ घाईते भएका छन् ।

घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रक, ट्रक चालक मोरङ विराटनगर–१५ बस्ने प्रेम बहादुर वाईबा प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

 

सम्बन्धित खवर