- पदम सुखि सम्बाहाम्फे
कुम्मायक । कुम्मायक गाउँपालिकाको आठांै गाउँसभा सम्पन्न भएको छ ।
बुधबार पान्थर जिल्लाको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकको जनभवनमा गाउँपालिकाको आठांै गाउँसभा सम्पन्न भएको हो ।
१ न, प्रदेश सभा सदस्य आशा रत्न जबेगुको प्रमुख आतिथ्यमा साथै नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष राजकुमार भण्डारी बिशेष आतिथ्यमा सम्पन्न गाउँ सभामा गाउँ पालिका भित्र नजिर रहेका पुर्बाधार तथा बिकास निर्माणका योजनाहरुको रणनीति र भावी कार्यदिशा प्रति दुर्गामि सोच र बैज्ञानिक ढंगबाट कार्य सम्पादन गर्न जोड दिइएको थियो ।
जिल्ला समन्वय समितिका सदस्य मनमाया लावतिको समेत उपस्थिति रहेको उक्त गाउँ सभामा गाउँपालिकामा कृषि स्वास्थ्य र शिक्षा तर्फ भरपुर ध्यान पुगे पनि वास्तविक सुकुम्बासी समस्या समाधान र युवालाई रोजगारिको अवसर श्रीजना गरेर नागरिक जनजीवन उकास्न जनप्रतिनिधि र कर्मचारीलाइ सुजाइएको थियो ।
सो कार्यक्रममा सर्बोकृष्ट कर्मचारी पुरस्कार गजेन्द्र कार्की लाइ र उत्कृष्ट कर्मचारी पुरस्कार असिस्टेन्ट सब इन्जिनियर फगेन्द्र सम्बाहाम्फे र वडा नम्बर २ का वडा सचिव बिनोद कार्कीलाई कुशल कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै कदर पत्र तथा नगद पुरस्कार द्वारा सम्मान गरिएको थियो ।
यसैगरि गाउँपालिका सेवा पुरस्कार बाट अहेव गङ्गा माया लिम्बु र कार्यलय सुचिकार हेम बहादुर कामिलाई पनि नगद तथा सम्मान पत्र दिइएको थियो भने पुर्ब शिक्षा शाखा प्रमुख एगेन्द्र खड्का र पुर्व शिक्षा समिति सदस्य मदन बोहोरालाई पनि कदर पत्र द्वारा सम्मान गरिएको थियो ।
कोभिड १९ को सङ्क्रमणकालिन अवस्थामा कुम्मायक गाउँपालिकालाई नगद तथा जिन्सी सहयोग पुर्याउनु हुने (१) उद्योग बाणिज्य संघ फिदिम (२) नेपाल रेडक्रस सोसाइटी पान्थर (३) मिलन केन्द्र नेपाल (४) महिला शक्ति बिकास केन्द्र (५) सहारा नेपाल (६) अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठान (७) करुणा फाउन्डेसन र (८) वान हर्ट नेपाल संस्था तथा अन्य ब्यक्तिहरुलाई पनि सम्मान एवं कदरपत्र बितरण गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्द मेहत्ता प्रशासकीय अधिकृत देबेन्द्र कटुवाल तथा गाउँसभा सदस्यहरू , विभिन्न राजनितीक दलका प्रतिनिधि जसपा कुम्मायकका टिएन सम्बाहाम्फे नेपाली काङ्ग्रेस कुम्मायक सभापति तुलसी निरौला राप्रपा कुम्मायकका संयोजक जगतजङ लावति नेपाल कम्युनिस्ट पार्टी नेकपा कुम्मायक इन्चार्ज राजकुमार श्रेष्ठ लगायत पाचवटै वडाका वडाअध्यक्ष तथा सदस्यहरु संघ संस्थाका प्रतिनिधि स्थानीय बुद्धिजीवी सञ्चारकर्मी, सुरक्षाकर्मी र सम्पुर्ण पालिका कर्मचारीको उपस्थिति रहेकोे थियो ।