मिक्लाजुङ गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मिक्लाजुङ गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न

मिक्लाजुङ । धान र मकै उत्पादन गर्ने एक सय २६ जना कृषकलाई नगद सहित सम्मान गर्दै पान्थरकाे मिक्लाजुङ गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएको छ ।

विहीबार सभाले कृषक प्रोत्साहन कार्यविधि २०७७ पारित गरेसंगै पालिकाले लागु गरेको मापदण्ड अनुसार धान र मकै उत्पादन गर्ने एक सय २६ जना कृषकलाई नगद सहित सम्मान गर्दै गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएका हो ।

पुरस्कृत हुनेहरु सबै कृषकलाई गाउँपालिका अध्यक्ष अमरराज माखिम र उपाध्यक्ष उर्मिला राईले नगद एक लाख रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले बताए ।

कृषि पेशामा आवद्ध रहेका उनीहरुलाई हौसला मिल्ने यस किसिमको कार्यक्रमले आम कृषकमा खुशी छाएको छ ।

स्थानीय सरकार प्रति खुशी व्यक्त गर्दै थप मेहनत र परिश्रम गर्ने जिम्मेवारी पाएको स्थानीयले महसुस गरेको बताए ।

सभामा कृषि सम्बन्धि नीति तथा कार्यक्रम समेत निर्माण गर्दै अन्य कार्यक्रमहरु समेत संशोधन गरिएको जनाइएको छ ।

कार्यक्रममा यस पालिकाको चालु तथा पुँजिगत योजना र कार्यक्रमको एकीकृत खर्च विवरण सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

हरेक कार्यक्रमलाई तीव्रताका साथ संचालन र सम्पन्न गर्दै आएको यस पालिकाले गत आर्थिक वर्षमा जम्मा बजेटको ८४ प्रतिशत खर्च गरेको थियो भने, यस आर्थिक वर्ष २०७७÷०७८ मा ४९ करोड १३ लाख ५३ हजार पाँच सय ८० रुपैयाँ बजेट मध्ये हाल सम्म ३८ प्रतिशत मात्रै कोभिड–१९ को प्रभावका कारण खर्च भएको लेखा अधिकृत दिपेन्द्र चेम्जोङले बताए ।

पालिका अध्यक्ष माखिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राई, वडाध्यक्षहरु लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर