- चुक्सा याप्मी
दमक । झापाको दमकमा किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोको पाचाैं महासम्मेलन आयोजक समितिको बैठक सम्पन्न भएको छ ।
शनिबार दमक स्थित पेलि होटलको सभा हलमा महत्वपुर्ण निर्णयहरु पारित गर्दै नालीफुङवा पान्जुम्भोको पाचौं महासम्मेलन आयोजक समितिको बैठक सम्पन्न भएको हो ।
पान्जुम्भोको बैठकले प्रत्येक थुम पान्जुम्भो, पाङ्भे÷पाङयक पान्जुम्भो र पोराक पान्जुम्भोबाट २ जना प्रतिनिधि, १ जना पर्यवेक्षक सहभागी हुने र प्रत्येक थुम पान्जुम्भो पाङ्भे÷पाङयक पान्जुम्भो र पोराक पान्जुम्भोबाट प्रगति तथा आर्थिक प्रतिवेदन पेस गर्ने साथै आयोजक शुल्क निर्धारण संगै किरात लिम्बू भाषा सरकारी कामकाजीको रूपमा माङसेबुङ वडा ५ मा लागू भएसंगै दोभासे भाषा सचिवको रूपमा काम गर्दै आइरहेका यस पान्जुम्भोको निवर्तमान केन्द्रीय सदस्य माङसेबुङ वडा न १ निवासी सुनिल सेर्मा लिम्बुलाई सम्मान गर्ने बैठकले निर्णय गरेको प्रचारप्रसार संयोजक अम्याङसा डिल्लिश्वर मुसाहाङ लिम्बूले वताए ।
बैठकमा महासम्मेलन तयारिको लागि प्रत्येक जिल्लाहरुबाट उपस्थित प्रतिनिधिहरु लाई आजैको दिनबाट सक्रीय भएर लाग्नको लागि आयोजक समितिका अध्यक्ष दिपक तिगेला लिम्बूले निर्देशन समेत दिएका थिए ।
सो बैठक बाट विभिन्न जिल्लाहरुमा रसिद बितरण गरिएको आयोजक समितिका आर्थिक संयोजक तथा कोषाध्यक्ष शंकर केरुङले बताए ।
महासम्मेलनको प्रचारप्रसारको लागि विभिन्न पत्रपत्रिका, अनलाइन, एफएम रेडियो फेसबुक युट्यूवको माध्यमबाट प्रचारप्रसार संगै विभिन्न जिल्लाहरुमा पोस्टर बितरण गरि सकिएको समेत प्रचारप्रसार संयोजक अम्याङसा डिल्लिश्वर मुसाहाङ लिम्बूले बताए ।
महासम्मेलन तयारीको लागि यस अघि माघ २४ शनिबार बसेको नालीफूङ्वा केन्द्रीय समितिको बैठकले पाँचौ केन्द्रीय महासम्मेलन माङसेबुङमा आयोजना गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष दिपक तिगेला लिम्बुको अध्यक्षतामा सम्पन्न बैठकमा मोरङ, झापा, इलाम, सुनसरी, धनकुटा, विभिन्न कार्यसमितिहरुको तल्लो निकायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियोे ।