हरित पार्क निर्माण कार्यमा विवाद, बन्न सकेन उपभोक्ता समिति - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हरित पार्क निर्माण कार्यमा विवाद, बन्न सकेन उपभोक्ता समिति

  • पदम सुखि सम्बाहाम्फे

कुम्मायक । पान्थरको कुम्मायक गाउपालिका स्थित वडा न, ४ तिङ्देनको इवाटारमा रहेको सम्बाहाम्फे चोःलुङ हिम को परिसरमा हरित पार्क निर्माण कार्यका लागि सर्बदलिय उपभोक्ता समिति हुन नसके पछि विवाद चुलिएको छ ।

सोमबार प्रदेश सरकारले हरित पार्क निर्माणका लागि २५ लाख रकम बिनियोजन गरेपछि उक्त पार्क निर्माण कार्यका लागि उपभोक्ता समिति बनाउन तिङ्देनमा बसेको बैठकले उपभोक्ता समिति हुन नसके पछि विवाद चुलिएको हो ।

बर्षौदेखि नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताले वडामा हुने हरेक बिकास निर्माणका आयोजना सम्बन्धि एकलौटी अधिकार जमाएको भन्दै जनता समाजबादी पार्टीका क्रियासिल सदस्यहरु अशन्तुष्ट भएका छन ।

केन्द्र देखि ग्रामीण स्तरसम्म बिकास निर्माणका योजना द्वारा आफ्नो कार्यकर्ता पोस्ने चरम प्रबिर्ति बढेको भन्दै यो योजनाको लागि सर्बदलिय समति चयन नभए वडाकार्यलयमा तालाबन्दी गर्ने समेत जनता समाजबादी पार्टीका जिल्ला सदस्य सुर्यदीप सम्बाहाम्फेले वताए ।

वडामा हुने कुनै पनि बिकास निर्माणका आयोजना हुनु राम्रो हो तर पारदर्शिता ब्यावहार नभएको भन्दै वडाका नागरिक समाज पनि रुष्ट बनेको सम्बाहाम्फेको भनाइ छ ।

 

सम्बन्धित खवर