झापामा मेचे समुदायसँग किरात धर्म लेखौं विषयक अन्तरक्रिया कार्यक्रम - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा मेचे समुदायसँग किरात धर्म लेखौं विषयक अन्तरक्रिया कार्यक्रम

झापा । नेपाल मेचे समाज सिबियारी आफात र किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिबीच राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेख्ने विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार नेपाल मेचे समाज शिवियारी आफात केन्द्रीय समितिको कार्यालय मेचीनगर नगरपालिका –११ झापामा सो समितिका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र अभियान महासमितिबीच आसन्न राष्ट्रिय जनगणनाको विषयमा गहँन छलफल भएको महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए ।

नेपाल मेचे समाज शिवियारी आफातका अध्यक्ष रन्जीत मेचेको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा मेचे समाजका महासचिव विरेन मेचे, कोषाध्यक्ष पावन मेचे, सदस्यहरु डिके मेचे, बिनोद मेचे, राजकुमार मेचे लगायतका प्रतिनिधिहरु उपस्थित हुन भएको थियो ।

भने, किरात धर्म लेखौं राष्ट्रिय अभियान महा समितिबाट सह अध्यक्ष तथा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, महासमितिका कोषाध्यक्ष प्रकाश सावदेन, दीपचन्द्र लाओती, बीना चवेगू लगायतका प्रतिनिधिहरु उपस्थित रहनु भएको थियो ।

आसन्न राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेख्ने सवालमा थप गहँन खोज अध्ययन् गरी व्यापक छलफल गरेर मात्र निष्कर्षमा पुग्न सकिने भएकोले आगामी समयमा थप छलफल कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको नेपाल मेचे समाज शिवियारी आफात केन्द्रीय समितिले जनाएको छ ।

 

सम्बन्धित खवर