कुम्मायक गाउँपालिकाको पाँचवटै वडामा १११ औ नारी दिवस मनाइयो - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक गाउँपालिकाको पाँचवटै वडामा १११ औ नारी दिवस मनाइयो

  • पदम सुखि सम्बाहाम्फे

कुम्मायक । पान्थरको कुम्मायक गाउँपालिकामा १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

सोमबार महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार भन्ने मुलनाराका साथ यासोकको जनभवनमा वडा न, १ मा रहेको त्रिशालि महिला कृषि सहकारी सस्था र सुआहारा साथै सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा सो दिवस मनाइएको थियो ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख प्रभा दाहाल र जिल्ला समन्वय समिति सदस्य मनमाया लावति लगायतको प्रमुख उपस्थिति रहेकोे सो कार्यक्रममा महिला प्रति हुने असमान ब्याबहार र यौन जन्य हिंसा जस्ता क्रियाकलाप समाजमा बढ्दै गएकोले राज्यले कानुनमा कडा निति अपनाउनु पर्ने तर्क राखिएको थियो ।

महिलालाई बलात्कार पछि हत्या गर्ने अपराधिक गतिविधिलाई रोकथाम गर्न मृत्यु दन्डकोसजाय कानुनी प्रावधान बनाउनु पर्ने माग राखिएको थियो ।

त्रिशालि महिला कृषि सहकारी संस्थाका अध्यक्ष गिता खड्काको अध्यक्षतामा भएको उक्त नारी दिवस कार्यक्रममा गाउँकार्यपालिका सदस्य उर्मिला निरौला, पृथ्वी माध्यमिक बिधालयका शिक्षक नमुना लावति, सामुदायिक सेवा केन्द्र संस्थाका अध्यक्ष उमा चाम्लिङ राई लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

यसरीनै कुम्मायक गाउपालिकाको पाँचवटै वडाहरुमा १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस हर्षोउल्लास पुर्वक मनाइएको थियो ।

सम्बन्धित खवर