कियाचुको झापा अध्यक्षमा सेसेहाङ फियाक सर्वसम्मत - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचुको झापा अध्यक्षमा सेसेहाङ फियाक सर्वसम्मत

दमक । किरात याक्थुङ चुम्लुङ झापाको अध्यक्षमा सेसेहाङ फियाक सर्वसम्मत चयन भएकका छन् ।

शुक्रबार भापाको विर्तामोड स्थित जिल्ला चुम्लुङ भवनमा सम्पन्न कियाचुको ११औं जिल्ला अधिबेशनबाट अध्यक्षमा भाषा, साहित्यसँगै पत्रकारितामा क्रियाशील दमक ५ निवासी सेसेहाङ फियाक सर्वसम्मत चयन भएका हुन् ।

अधिबेशनबाट गठित ११ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा कालीबहादुर खेवाङ, सचिवमा प्रेमचन्द्र लिम्बू, सहसचिवमा कविन्द्र सेर्मा, कोषाध्यक्षमा धिरावती लिम्बू छन् त्यसैगरी सदस्यहरुमा दिलिप आङदेम्वे, धर्म लक्सम्बा, तारा लिम्बू, रुद्रबहादुर तवेवुङ, मनकुमारी पन्दाक र शर्मिला आङदेम्वे चयन भएका छन् ।

हल्दिवारी गाउँँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यता तथा चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुहाङ, सचिव डा. योगेन्द्र पालुङवाको बिशेष आतिथ्यतामा भएको अधिबेशन उद्घाटनका अवसरमा चुम्लुङ अभियानमा योगदान पुरयाँएको भन्दै चुम्लुङकी पूर्व केन्द्रीय सदस्य राधा सुव्वालाई सम्मान गरिएको थियो ।

त्यस्तै, अधिबेशनको वन्दसत्रमा चुम्लुङ जिल्ला अध्यक्ष भक्त खेवाङले प्रस्तुत गरेको सांगठानिक र कोषाध्यक्ष गुमानसिंह सम्बाहाम्फेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो । अधिबेशन सम्पन्न गर्न चुम्लुङका अग्रज कृष्णकुमार थेवेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

सम्बन्धित खवर