बुद्धशान्तिमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बुद्धशान्तिमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

दमक । झापाको बुद्धशान्ति गाउँपालिका २ मा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

इलामको माई नगरपालिका घर भएका विजय खातीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

बिन्दुली बाँध नजिक आज विहान हात्तीले खाती र उनका साथीलाई आक्रमण गरेको थियो । हात र छातीमा चोट लागेका खातीको उपचारका क्रममा मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

विहान सवा सात बजेतिर हात्तीले आक्रण गर्दा खाती र अर्जुनधारा–१ का मिलन कार्कीडोली घाइते भएका थिए ।

 

सम्बन्धित खवर