इलामको माङसेबुङमा लागुऔषध तथा साइबर अपराध विरुद्धको कार्यक्रम - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माङसेबुङमा लागुऔषध तथा साइबर अपराध विरुद्धको कार्यक्रम

माङसेबुङ । इलामको माङसेबुङ ५ स्थित सरस्वती माध्यमिक विद्यालयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अभियान अन्तर्गत लागुऔषध तथा साइबर अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार माङसेबुङ गाउपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरी निरिक्षक तथा अपराध अनुसन्धान शाखा इलामका नविन राईले लागु औषध तथा साइबर अपराधका न्युनतम आवश्यक शुरक्षा सतर्कताका विषयमा प्रशिक्षण दिएका थिए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलाम र माङसेबुङ गाउँपालिकाको संयूक्त साझेदारीतामा आयोजना गरिएको कार्यक्रममा कार्यक्रममा माङसेबुङ ५ का सरस्वती माध्यमिक विद्यालय र फाल्गुनन्द बोडिङ स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खवर